निजामती सेवा दिवस र ४० औं राष्ट्रिय शिक्षा एवम् अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस भब्य रुपमा मनाइयो

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
95 Shares


कञ्चन-कञ्चन रुपन्देहीको कन्चन गाउँपालिकामा आज निजामती सेवा दिवस र ४० औं राष्ट्रिय शिक्षा एवम् अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस भब्य रुपमा मनाइएको छ “सक्षम निजामती प्रशासन, विकास, समृद्धि र सुशासन“ भन्ने नाराका साथ निजामती सेवा दिवस र “हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलिकरण“ भन्ने नाराका साथ ४० औं राष्ट्रिय शिक्षा एवम् अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस संयुक्त रुपमा मनाईएको हो । कन्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता तथा कंचन गाउँपालिकाका उपाध्यक्ष गोमा तरामु र कन्चन शिक्षा संयोजक कृष्ण प्रसाद अधिकारिको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्षेत्रीले आफू पनि २७ वर्ष शिक्षा क्षेत्रमा आबद्ध भएकाले शिक्षा क्षेत्रको माया लाग्ने र सम्मानित पेशालाग्ने बताउँदै गाउँपालिकाले शिक्षा क्षेत्रमा कुनै पनि कमि हुन नदिने बताउनु भएको छ। उहाँले शिक्षा क्षेत्रमा विकास नगरेसम्म अरु कुनै क्षेत्रमा विकास गर्न नसकिने हुँदा सामाजिक, सांकृतिक र धार्मिक क्षेत्रलाई पनि सम्बोधन गर्ने गरि गाउँपालिका योजनाबद्ध ढंगबाट अगाडि बढिरहेको बताउनुभएको थियोे। साथै उहाँले सामुदायिक विद्यालयलाई लाग्ने दोषलाई हटाउने गरि नयाँ प्रविधिलाई अगाल्दै बालमैत्री शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । दिवसका अवसरमा कर्मचारी तथा शिक्षकलाई शुभकामना दिदै बालबालिकाको भविष्य माथी खेलवाड नगरी गुणात्मक शिक्षामा जोड दिनुभएको थियोे। यस्तै उपाध्यक्ष गोमा तरामु मगरले गाउँपालिका शिक्षा क्षेत्रमा विकास गर्ने कार्यमा पछि नहट्ने बताउँदै शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला निकाय सबै मिलेर लाग्नुपर्ने बताउनु भएको थियोे ।

सामाजिक विकास संयोजक तथा वडाध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजामती सेवा दिवस र राष्ट्रिय शिक्षा दिवस एवम् अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस एकैसाथ मनाउने नयाँ शुरुवात गरेको बताउदै शिक्षा शिक्षामा गुणस्तर ल्याउन सबैको उत्तिकै भुमिका रहने हुँदा लागू पदार्थ दुर्ब्यसनीबाट कलिला बालबालिकालाई जोगाउनु पर्नेमा जोड दिनुभएको थियोे । विशिष्ट अतिथी समेत रहनुभएका अधिकारिले शैक्षिक कविता मार्फत सबैलाई जिम्मेवारी बन्न आग्रह समेत गर्नुभएको छ । यस्तै प्याब्सन जिल्ला अध्यक्ष तथा बुद्धदिप बोर्डिङ स्कुलका प्रअ लेखनाथ पौडेलले सामुदायिक र संस्थागत विद्यालय विच विभेदरहित पुरस्कारको व्यवस्था कन्चन गाउँपालिकाले गरेकोमा खुशी व्यक्त गर्दै संस्कारयुक्त शिक्षा प्रणालीलाई शिक्षामा समेट्नुपर्ने बताउनुभएको छ । साथै उहाँले व्यवस्थापनको नाममा बालबालिकाको शिक्षा रोजेर पढ्न पाउने अधिकारलाई रोक लगाउन नपाइने बताउनुभयो । संविधानले शिक्षामा विभेद नगरेको तर शिक्षा नीति अपुर्ण रहेको बताउँदै शिक्षामा गुणस्तर ल्याउन सोझै विद्यार्थी र अभिभावकसंग जोडिने शिक्षा नितिमा जोड दिनुपर्ने बताउनु भएको छ । कार्यक्रममा आफ्ना भनाई राख्दै शिक्षक महासंघ कन्चनका अध्यक्ष तथा हरैया माबिका प्रअ मेघनाथ शर्माले दिवस नामका लागि मात्र भएकाले अब व्यबहारमा पनि उतार्न आवश्यक भएको बताउँदै कन्चनले दिवसका अवसरमा शिक्षक र विद्यार्थीलाई सम्मान गर्ने कार्यको शुरूवात गरेकोमा गाउँपालिकालाई धन्यवाद दिनुभएको छ ।

साथै उहाँले विद्यार्थी उत्तीर्ण भए भने विद्यार्थीले पढेर भन्ने अनुत्तीर्ण भए शिक्षकले नपढाएर भन्ने प्रवृतिले शिक्षकमा निराशा हुने भएकाले यो प्रवृतीलाई हटाउदै शैक्षिक गुणस्तर वृद्धि गर्नमा सबै मिलेर लाग्नुपर्ने बताउनु भएको छ । शिक्षा समिती सदस्य दिनानाथ आचार्यले पनि शैक्षिक क्षेत्रलाई अनुशासित, मर्या्दित, ब्यवहारिक बनाउदै गुणस्तरमा ध्यान दिनुपर्ने बताउनु भएको थियो ।
त्यस्तै उहाँले गाउँपालिकाले पनि शिक्षक र शिक्षालाई अझै प्राथमिकता दिनुपर्ने बताउनु भएको थियो। दिवसका अवसरमा उत्कृष्ट कर्मचारी, विद्यालय, शिक्षक शिक्षिका र विद्यार्थीलाई सम्मान गरिएको थियो । जसमा उत्कृष्ट विद्यालय पुरस्कारले हिमालय आधारभुत विद्यालय र बुद्धभुमी आधारभुत विद्यालय सम्मानित भएका छन । यस्तै कर्मचारी तथा शिक्षकहरुमा गाउँपालिकामा उत्कृष्ट कार्य गरे बापत प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी सम्मानित हुनुभएको छ । शिक्षकमा माध्यमिक तहमा प्रगती माध्यमिक विद्यालयबाट स्नेहा अधिकारि र हरैया माबिबाट प्रकाश आचार्य त्यस्तै आधारभुत तहमा जनज्योति आधारभुत विद्यालयबाट पुजेन्द्र श्रीस, शिशु सदनबाट कमला ज्ञवाली र लुम्बिनी ज्ञान निकेतन माबिबाट रबिन्द्र पाण्डे उत्कृष्ट शिक्षकको रूपमा सम्मानित हुनुभएको छ ।
यस्तै कार्यक्रममा ०७५ सालको क्भ्भ् मा साधरण तर्फ कन्चनमा उत्कृष्ट जिपिए ल्याउन सफल छात्रतर्फ सनमोडेल बोर्डिङ स्कुलका राजेश श्रेष्ठ, बुद्धदिप बोर्डिङ स्कुलका दिनेश यादव, एभरगृन बोर्डिङ स्कुलका इफ्तिकार अहमद खान र छात्रातर्फ बुद्धदिपकै मनिसा पोख्रेललाई सम्मान गरिएको छ, यस्तै प्राविधिक धारतर्फ हरैया माबिका छात्र शुभम गौतम र छात्रा विना उपाध्याय पौडेललाई सम्मान गरिएको हो ।
यस्तै ०७५ सालको आधारभुत तह परिक्षामा कन्चन प्रथम हुन सफल हरैया माबिका हिमाल सापकोटा, छात्रा तर्फ मोर्डन भिजन बोर्डिङ स्कुलकी कृषला कुवर क्षेत्रीलाई सम्मान गरिएको छ । विभिन्न विद्यालयको गित र नृत्यसंगै मनाइएको निजामती सेवा दिवास र ४० औं राष्ट्रिय शिक्षा दिवस एवम अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीको अध्यक्षता, कन्चन गाउँपालिकाका स्रोत ब्यक्ति नारायण पौडेलले मन्तब्यबाट र लुम्बिनी ज्ञान निकेतन माबिका विद्यार्थीले गित मार्फत स्वागत गर्नुभएको थियोे भने कन्चन शिक्षा शाखाका प्रमुख रमेश भुषालको संचालन रहेको कार्यक्रम रुद्रपुर सामुदायिक वनको सभाहलमा सम्पन्न भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया