समाजवादी पार्टीको प्रचार विभाग उपप्रमुखमा विश्वदीप

प्रकाशित मिति:

काठमाडौं-समाजवादी पार्टी नेपालको प्रचार विभागको उपप्रमुखमा विश्वदीप पाण्डेलाई चयन गरिएको छ । आइतबार बसेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारीको बैठकले पाण्डेलाई विभागको उपप्रमुखमा चयन गरेको हो ।

बैठकले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका प्रेस सल्लाहकारको जिम्मेवारी समेत पाण्डेलाई दिने निर्णय गरेको छ । पाण्डे मिडियासँग सु–सम्बन्ध राख्न कुशल मानिन्छन् । उनलाई मिडियामैत्री र मिडिया व्यवस्थापनमा कुशल व्यवस्थापकको रुपमा लिइन्छ ।