सडक भत्किदा सर्वसाधारण मारमा

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
25 Shares


काठमाडौं- काठमाडौं जोड्ने तीन नाकाका सडक बिग्रिएपछि स्थानीय आक्रोशित बनेका छन् । वर्षायाममा सडक बिग्रिएर सवारीसाधन आवत–जावत भएपछि स्थानीयले सरकारलाई दबाब दिन थालेका हुन् । टोखा छहरे, ककनी त्रिशुली र गल्छी त्रिशुली सडकखण्ड ठेकेदार कम्पनीको लापरवाहीका कारण बिग्रिएको स्थानीयको आरोप छ ।वर्षायाममा पहिरो र सडक खाल्डो परेर सवारी नचल्दा नागरिकहरु समस्यामा परेका छन् । टोखा छहरे, ककनी त्रिशुली र गल्छी त्रिशुलीसडकखण्ड काडमाडौंै उपत्यकासँग जोडिएका छन् । यी तीनवटै सडक–खण्डबाट रसुवा पुगिन्छ । कौसी न्यौपाने र सैलुन कन्ट्रक्सनले निर्माण गरेको यो सडकखण्ड धान खेत जस्तो बनेको छ ।

सडकको अवस्थाले तरकारीको बजारसम्म पु(याउने समस्या बनेको मात्र छैन, होटल लगायतका व्यवसाय पनि ठप्प बनेका छन् । ऐम्बुलेन्स सेवासमेत प्रभावित भएको छ ।काठमाडौं प्रवेश गर्ने नाकाबाट लाखौ सर्वसाधारण आवतजावत गर्छन् । तर सडककोे समस्याले सवारीसाधन नचल्दा विद्यार्थी, कृषक, व्यवसायी मारमा परेका छन् । ठेकेदारको लापरवाहीलाई सरकारले कडाई गर्न नसक्दा धेरै सडकखण्डको अवस्था नाजुक भएको स्थानीयको गुनासो छ ।यी तीन सडकखण्ड प्रतिनिधि मात्रै हुन् । काठमाडौं उपत्यका वरपरका कैयौं सडक विस्तार नहुँदा सर्वसाधारण सास्ती व्यहोर्नुपरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया