विद्यार्थीमा पढ्ने बानीको विकास गर्न साक्षरता दिवसमा पुस्तकालय स्थापना

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
30 Shares


सल्यान- अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा कपुरकोट गाउँपालिका नौ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यार्थीमा पढ्ने बानीको विकास गर्न पुस्ताकालय स्थापना गरिएको हो ।आज एक कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष भीमबहादुर सेनले क्युरेनी आधारभूत विद्यालयबाट पुस्तकालयको उद्घाटन गर्दै गाउँपालिका भित्रका नौ विद्यालयमा पुस्तकालय स्थापना गरिएको जानकारी दिनुभयो ।

विद्यार्थीमा पढ्ने सीप र बानीको विकास गर्ने उद्देश्यले ‘रुम टु रिड’ सँगको सहकार्यमा कपुरकोटका विद्यालयममा पुस्तकालय स्थापना गरिएको उहाँले बताउनुभयो ।आगामी दुई वर्षभित्रमा गाउँपालिकाभित्रका सबै विद्यालयमा पुस्तकालय स्थापना गरिसक्ने अध्यक्ष सेनले प्रतिबद्धता जनाउनुभयो । हाल रुम टु रिडले जिल्लाका ५४ विद्यालयमा पुस्ताकलय स्थापना गरिसकेको फिल्ड संयोजक हेम लम्सालले जानकारी दिनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया