पाल्पा क्षेत्र नं २ ख मा जागरण अभियानका लागी केन्द्रीय प्रतिनीधीमा विष्णु पोखरेल

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेसले शुरु गरेको दोश्रो चरणको जागरण अभियान अन्र्तगत केन्द्रीय समीतीले विभिन्न जिल्लामा नेताहरुलाई खटाएको छ । पहीलो चरणको जागरण अभियान सम्पन्न गरी पार्टीको संगठनलाई मजवुद वनाउन दोश्रो चरणको जागरण अभियान शुरु गर्न थालीएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेललाई नेपाली काग्रेसले शुरु गरेको दोश्रो चरणको जागरण अभियानका लागी पाल्पा जिल्ला क्षेत्र नं २ ख मा केन्द्रीय प्रतिनीधीको रुपमा खटाएको छ ।