मुसहर बस्तीमा निशुल्क स्वास्थ्य शिवीर तथा खाद्यान्न् वितरण

प्रकाशित मिति:

रुपन्देही-श्री सत्य साई सेवा संगठन नेपाल अन्तर्गत श्री सत्य साई प्रदेश समिती ,र युवा फांट प्रदेश ५ को आयोजनामा प्रदेश स्तरीय ग्राम सेवा तथा निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । प्रदेश ५ मा रहेका विभिन्न सत्य साई केन्द्रको सहयोग तथा उपस्थितिमा उक्त सेवा कार्यक्रम गरिएको हो ।कार्यक्रमको उद्घाटन गर्दै वडा न ४ का अध्यक्ष दीपक चापागाईले कहींकतैबाट सहयोग नमागी साई भक्तहरुले गरेको संकलन र कार्य प्रशंसनिय रहेको बताउनुभयो ।

वहांले साईबाबाका अनुयायीको यस्ता कार्यमा आफ्नो साथ र सहयोग रहिरहने बताउनुभयो ।रुपन्देहीको देवदह नगरपालीका – ४ मा रहेको मुसहर वस्तीमा संगठनले आफ्नो सेवा कार्यक्रम सम्पन्न गरेको प्रदेश ५ का अध्यक्ष घनश्याम ज्ञवालीले बताउनुभयो । वस्तीका हरेक नागरिकको स्वास्थ्य जांच तथा उनीहरुलाई खाद्यान्न समेत वितरण गरी मानवीय कार्य गरिएको वहांले जनाउनुभयो । सेवामा त्यहांस्थित ३३ परिवारलाई चामल, दाल, कपडा लगायत बालबालिकालाई पठनपाठनका सामाग्री समेत वितरण गरिएको प्रदेश ५ का युवा संयोजक सन्तोष ठकुरीले जानकारी दिनुभयो । संगठनले गरेको स्वास्थ्य शिविरमा वस्तीका २ सय बढीले उपचार सेवा पाएका थिए । साथै उनीहरुलाई निशुल्क औषधी समेत प्रदान गरिएको थियो ।