ट्रम्पले सम्झैता रद्द गरेपछि तालिवानले दियो यस्तो चेतावनी

प्रकाशित मिति:

एजेन्सी –अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिवानसँगको सम्झौता रद्द गरेपछि तालिवानले चेतावनी दिएको छ । तालिवानले सम्झौता रद्द गरेर सबैभन्दा ठूलो घाटा अमेरिकालाई नै हुने भन्दै पुनः सोच्न चेतावनी दिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार ट्वीट गर्दै बैठक मात्र नभई तालिवानसँग कुनै पनि सम्झौता नगर्ने दावी गरेका थिए । तालिवनाका अनुसार ट्रम्पले अफगानिस्तानी सरकार र तालिवानका मुख्य नाइकेलाई सँगै राखेर भेटवार्ता गर्ने बताएका थिए ।तर, अन्तिम समयमा तालिवानले अफगानी सरकारसँग सिधा कुराकानी नगर्ने बताएसँगै ट्रम्पले तालिवानसँग सम्झौता रद्द गरेको हुन सक्ने तालिवानले आरोप लगाएको छ ।