साइबर क्राइमकाे अाराेपमा गायक सौगात सायर प्रहरी नियन्त्रणमा

प्रकाशित मिति:

बुटवल, साइबर क्राइमकाे अाराेपमा गायक एवं संगीतकार सौगात सायरलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।

साइबर क्राइम गरेको अभियोगमा उजुरी परेपछि उनलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेकाे हाे  ।

एक युवतीले गरेको उजुरीका आधारमा बुटवलबाट पक्राउ गरि अपराध महाशाखा टेकु काठमाडौंमा बुझाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवलमा न्यु लुम्बिनी कला केन्द्र सञ्चालन गर्दै आएका सायरका  ‘तिमी फुल्यौ कतै’,’नजलाऊ ब्यर्थै छाती’, ‘तिर्खा मेट्यो मूलको पानीले’ लगायत गीतहरु चर्चामा रहेका छन् ।