प्रत्यक्ष अप्रत्यक्ष गरी करीव ५ सय जनालाई रोजगारी दिएको छु : उप्रेती

प्रकाशित मिति:

भैरहवा क्षेत्रमा स्थापना भएको औद्योगिक तथा व्यवसायिक समुह एस आर ग्रुप वि सं २०४० सालमा एस आर ढुवानी सेवाबाट शुरु भएको र हाल यस गु्रप भित्र एस आर ढुवानी, लुम्बिनी पिएसी एस आर रोडा उद्योग न्यू सुरज निर्माण सेवा, एस आर स्टिल, एस आर फुड्स र रियलस्टेट रहेका छन् ।
करिब दुई बिगाहा क्षेत्रफलमा फैलिएको एस आर फुड्स प्रा लि स्थापनाकालको कुल ४५ करोड लगानी रहेको थियो । उक्त उद्योगबाट ‘एस आर फ्रेस ब्रान्डमा मैदा, आटा, सुजी र चोक्करको ब्याबसायिक उत्पादन गर्दै आएको छ । उत्पादन क्षमता, प्रबिधीका आधारमा यो उद्योग नेपालकै सबैभन्दा ठूलो उद्योग मध्येको एक उद्योग हो । विसं २०६७ सालमा पुल्चोक इन्जिनियरिङ् कलेज काठमाडौँबाट सिभिल इन्जिनियर उत्र्तीण गरी २०६८ सालको फागुन देखि व्यवसायमा लागेका युवा व्यवसायी सुरज उप्रेति एस आर फुड्सका सञ्चालक हुनुहुन्छ । उहाँले व्यवसाय सँग सँगै सिक्किम मोनिपाल युनिर्भसिटीबाट एम बिए पनि गरी सक्नु भएको छ । विभिन्न सामाजिक संघ संस्था, लायन्स क्लब, रोटरी क्लब, जेसिज लगायतका संस्थाहरुमा पनि आबद्ध युवा उद्योगी सुरज उप्रेति सँग एस आर फुड्सको बारेमा सबलपोष्टका लागी पुनहरि बेल्बासे सँग गरेको कुराकानीको अंश

एस आर फुड्स प्रा लि को बारेमा बताइदिनुहोस् ?

एस आर फुड्स प्रालि एस आर गु्रप अन्तर्गत रहेर सञ्चालित रहेको छ । कन्ट्रक्सनका सामग्री उत्पादन गर्दै आएको गु्रपले खाद्यान्न तर्फ पनि लगानी गर्नु पर्छ भन्ने सोँचका साथ फुड्स तर्फ लगानी गरेको हो । एस आर गु्रपको पहिलो खाद्यान्न तर्फको लगानी एस आर फुड्स हो । एस आर फुड्स भन्दा बित्तिकै सतप्रतिशत शुद्ध गहुँबाट उत्पादन गरिन्छ । एस आर फुड्स बुलर ब्राण्डको गुणस्तरमा रहेको छ । बुलर युरोपियन ब्राण्ड हो जसले विश्वको ६० प्रतिशत बजार ओगटेको छ ।

एस आर फुड्सका उत्पादनहरु के के हुन् र ?

एस आर फुड्सका उत्पादन भनेको गहुँबाट बन्ने परिकारहरु जस्तै मैदा, आटा, सुजी र चक्की आटा, मम मैदा, चाउमिन मैदा, बिस्कुट फाइबर आटा, रबा उत्पादन गर्दै आएका छौँ । रबा हाम्रो परीक्षणको रुपमा रहेको छ । रबा भारतमा अत्यधिक बिक्रि हुन्छ तर नेपालमा यसको भर्खरै हामीले उत्पादन गरेर शुरु गर्दै छौं । बजारको माग अनुसार हाम्रो प्रोडक्टहरु परिमार्जन गर्दै अगाडि बढ्छौँ ।

उद्योगलाई चाहिने कच्चा पदार्थ कहाँबाट ल्याउनुहुन्छ ?

हामीले नेपालका विभिन्न जिल्लाबाट उद्योगलाई चाहिने कच्चा पदार्थ गहुँ ल्याउने गरेका छौँ । नेपालमा उत्पादन भएको गहुँले उद्योग चल्न नसकेपछि छिमेकी मुलुक भारतबाट ल्याएका छौँ । नेपाल कृषि प्रधान देश भएता पनि उद्योग सञ्चाल गर्नको लागि भारतबाट ल्याउनु परेको छ । एस आर फुड्सले आफ्नो उत्पादनको ५० प्रतिशत कच्चा पदार्थ गहुँ भारतबाट ल्याउने गरेको छ ।

एस आर फुड्सबाट उत्पादित खाद्यान्नको विक्रि वितरणको क्षेत्र मुख्य गरी कहाँ कहाँ हुन् ?

मुख्य बजार भनेको हाम्रो नेपाल हो । कम्पनी स्थापना गर्दाको समयमा तिब्बतमा बिक्रि हुने गथ्र्यो तर जब नेपालमा भूकम्प गयो त्यस बेला देखि तिब्बतमा बिक्रि हुन सकेको छैन । फेरी तिब्बतसँग सहकार्य गरेर बिक्रि गर्ने तयारीमा छौँ । भारतबाट गहुँ खरिद गरेर ल्याइने भएकाले हाम्रा उत्पादनहरु भारत बिक्रि गर्न असहज भएको छ ।

गुणस्तरलाई कत्तिको ख्याल गर्नु भएको छ ?

एस आर फुड्को सबै उत्पादन बिशुद्ध गहुँबाट उत्पादित हुन् । हामी सँग अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ल्याब छ, कुनै पनि ब्राण्ड तयार भएपछि ल्याब गछौँ र बिक्रिका लागि बजारमा पठाउने गछौँ ।

उद्योगबाट उत्पादिन मैदामा प्लाष्टिक मिसाइएको भन्ने समाचारहरु पनि आए के मैदामा प्लाष्टिक मिसाइएको हो त  वास्तविकता के हो र बताइदिनुहोस् न ?

मैदा तथा आटामा प्लाष्टिक नै फेला पर्नु एउटा कुरा हो । अर्को कुरा गहुँमा प्रसस्त मात्रामा गुल्टिन हुन्छ । गुल्टिनको मात्राले गर्दा गहुँबाट उत्पादितबस्तुहरु जस्तै मैदा, आटा नरम हुने गर्छ । गुल्टिन भनेको प्लाष्टिक जस्तै नरम च्याप च्याप लाग्ने हुन्छ । त्यसलाई प्लाष्टिक भन्न मिल्दैन । चाउमिन बनाउने मैदा, मम बनाउने मैदामा गुल्टिनको मात्रा प्रशस्तै पाइन्छ । जुन समाचारमा मैदामा प्लाष्टिक मिसिएको भन्ने कुरा आयो त्यो वास्तविक प्लाष्टिक होइन । खाद्यान्न गुणस्तर मापदण्डले १०÷११ प्रतिशत गुल्टिनको मात्रा भएको मैदा तथा आटालाई गुणस्तरीय मान्दछ । जुनसुकै मैदा तथा आटालाई पानीमा भिजाएर डल्लो पारेर तान्यो भने प्लाष्टिक जस्तै तानिने हुन्छ, त्यो गुल्टिनको कारणले नै हो ।

व्यवसायमा के कस्ता समस्या आइपरेका छन् ?

व्यवसाय गर्दा बजारीकरणको मुख्य समस्या हो । उद्योग सञ्चालन गर्दा कच्चा पदार्थ महत्वपूर्ण मानिन्छ । कच्चा पदार्थ आफ्नै देशमा प्रसस्त मात्रामा पाइएन भने समस्या त आइ पर्छ । ५० प्रतिशत कच्चा पदार्थ बाहिर बाट ल्याउनु पर्छ । गहुँमा भ्याट नलाग्नु पर्ने बाहिरबाट ल्याउँदा भ्याट, भन्सार तिर्नु पर्छ जसले गर्दा महंगो पनि पर्न जान्छ । अर्को कुरा कम्पनी सञ्चालन गर्नको लागि दक्ष कामदारको आवश्यकता पर्छ तर देशमा रहेका युवा जति विदेश पलायन हुँदा कामदारको पनि समस्या हुन्छ । नेपाल जलस्रोतमा धनी देश हो तर बिजुली उत्पादन हुन नसक्दा लोडसेडिङ्को समस्या पनि उद्योगले बेहोर्नु परेको छ ।

उद्योगी व्यवसायीहरुको समस्या समाधानकालागि राज्यस्तरबाट के कस्तो पहल भएको छ वा छैन ?

उद्योगीका समस्या एकै पटक सहज त हुँदैन । सबै भन्दा उद्योगीको समस्या भनेको लोडसेडिङ्को थियो । अहिले आएर केही मात्रामा समाधान भएको छ । अहिले देश संघीयताम गइसेकोले स्थानीय सरकार, प्रदेश सरकारले अहिले पनि नीति निर्माण गर्ने क्रममा छ । पक्कै पनि प्रदेश सरकारलले कर प्रणालीमा भएका त्रुटिहरुलाई सच्याउने छ भन्ने आशामा छौँ । कृषिलाई प्राथमिकता दिएर देशलाई कृषिमा आत्मनिर्भर बनाउने कार्यमा लागि देशलाई आवश्यक पर्ने खाद्यान्न नेपालमै उत्पादन गरी भारत लगायत तेस्रो मुलुकमा पठाउन सक्ने गरी लगानी गरे राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

राज्यले युवाहरुलाई स्वदेशमै रोजगारी दिने कुरा पनि गरिरहेको छ रु उद्योगी र सरकार बीच समन्वय भएको छ कि छैन ?

प्रत्यक्ष रुपमा समन्वय त भएको छैन । उद्योग सञ्चालन भएपछि फ्याक्ट्रि आसपासका युवा शक्तिलाई रोजगारीमा प्राथमिकता दिनु र स्वदेशी कामदार प्रयोग गर्ने गरेको खण्डमा केही मात्रामा भएपनि स्वदेशमै रोजगारी सिर्जना हुन्छ । नेपालमा दक्षजनशक्तिको अभाव छ, राज्यले प्राविधिक ज्ञानको शिक्षा दिएमा स्वदेशमै रोजगारी मिल्छ ।

एस आर गु्रपले कति बेरोजगारलाई रोजगारी दिएको छ ?

एस आर गु्रपका विभिन्न उत्पादन छन् ति सबैमा गरेर प्रत्यक्ष, अप्रत्यक्ष गरी ५ सय जना बढीले रोजगारी पाएका छन् । यो बढ्दो क्रममा छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

म युवा व्यवसायी हुँ, नेपालका युवाहरुले आफ्नो देशमा व्यवसाय नगरी विदेश पलायन हुँदा विदेशीको आसमा नेपाल बस्नु परेको छ । विदेश जाने युवाहरुलाई के भन्न चाहन्छु भने विदेशमा गएर परिश्रम गर्नु भन्दा आफ्नै देशमा सानो सानो व्यवसाय गर्नुहोस् । कृषिमा लगानी गर्नुहोस् । एकै पटक ठूलो लगानी खोज्नु भन्दा पनि सानो लगानीबाट व्यवसाय गरेमा स्वदेशमै रोजगारी छ । आफूलाई चाहिने आम्दानी गर्न सकिन्छ । सैद्धान्तिक कुरालाई भन्दा पनि व्यवहारिक ज्ञानबाट व्यवसाय गरेमा सफल भइन्छ । घरपरिवार छाडेर अरुको देशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा मेहनत गर्न सक्यो भने आफू र आफ्नो देशलाई फाइदा पुग्छ ।