फुलबारी सहकारीमा पुन : भण्डारी

२३ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
15 Shares


बिकास गौतम/बुटवल- फुलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सम्पन्न बाह्रौ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेसनले पुनः चन्द्रमणी भण्डारीको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको छ । आगामी चार बर्षे कार्यकालका लागी उपाध्यक्षमा पुष्कर कार्की, सचिवमा रोशन पाण्डे, कोषाध्यक्षमा लोकेन्द्र कृष्ण श्रेष्ठ सदस्यमा गोपाल प्रसाद न्यौपाने, विष्णु कुमारी खनाल,मायादेवी पाण्डे निविरोध चयन हुनु भएको छ । यस्तै लेखा संयोजकमा ऋषिकेश शर्मा आचार्य, लेखा समिती सदस्यमा बिकाश गौतम र नारायण प्रसाद खनाल निर्विरोध हुनु भएको छ ।

सहकारीका अध्यक्ष चन्द्रमणी भण्डारीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन सत्रमा बोल्दै बुटवल उपमहानगरपालीका सहकारी बिभाग प्रमुख गुणाखर खनालले सहकारीलाई सहकारीको निती अनुसार अगाडी बढ्न आग्रह गर्नु भयो । प्रमुख निर्वाचन आयुक्त समेत रहनुभएका उहाँले निर्वाचित पदाधीकारीलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सहकारीलाई बचतको क्षेत्रमा मात्र नभएर उत्पादन मुलक क्षेत्रमा समेत अगाडी बढ्न सुझाव दिनु भयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष चन्द्रमणी भण्डारीले संस्थाको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष लोकेन्द्र कृष्ण श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैकका प्रबन्धक नरेश पाण्डे, बुटवल अटो ईन्जिनियरिङ एसोसियसनका वाणिज्य उपाध्यक्ष बाबुराम आचार्य, धनवर्षा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण ज्ञवाली, उर्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज सुवेदी, संस्थापक अध्यक्ष तेजप्रसाद रेग्मी, सल्लाहकार प्रेम बहादुर फौदार, टंक प्रसाद गैर लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।  कार्यक्रममा असल ऋणि सदस्य कृष्ण बहादुर टण्डन, उत्कृष्ट बचतकर्ता राजेश कुमार जोशी र अनुशासित सदस्य पूर्णिमा खनाललाई सम्मानपत्रबाट सम्मान गरिएको थियो । यसैगरि उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई समेत फुलबारी छात्रवृत्तिबाट सम्मान गरिएको सहकारीका प्रमुख व्यवस्थापक नारायण भुषालले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया