अब साधारण विद्यालय शिक्षालाई सरकारले धेरै ध्यान दिँदैन– उपप्रधानमन्त्री पोखरेल

प्रकाशित मिति:

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेलले साधरण शिक्षा भन्दा प्राविधिक शिक्षाको विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । सरकारको मुख्य ध्यान प्राविधि तथा व्यवसायिक शिक्षा विकासमा भइरहेको भन्दै पोखरेलले साधरण शिक्षा कम गर्दै प्राविधिक शिक्षालाई बढाउदै लगिने स्पष्ट पारे ।

४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पोखरेलले उत्पादन र श्रम रोजगारसित जोडिएको शिक्षा सरकारको मुख्य प्राथमिकता रहेको बताए । सरकार सार्वजनिक शिक्षाको सवलीकरणमा जुटिरहेको अवस्थामा अब शिक्षालाई रोजगारी र स्वरोजगारीसँग जोड्दै जाने उनको भनाइ थियो । सार्वजनिक शिक्षामा रहेका समस्या, शिक्षक र कर्मचारी व्यवस्थापनमा रहेका समस्या समाधान गर्ने गरी शिक्षाका ऐन, नीति र कार्यक्रम चाँडै आउने भन्दै मन्त्री पोखरेलले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा शिक्षाको सवलीकरण गरिने स्पष्ट पारे ।

अब बाध्यतावश विदेशीने कहरलाई अन्त्य गर्दै विदेशमा सिकेका ज्ञान स्वदेशमै लागुगर्ने विषयमा सरकार लागीरहेको उनको भनाइ थियो ।प्राविधिक शिक्षाको विकास गरेर उच्च शैक्षिक नेतृत्वसीप भएका जनशक्ति उत्पादन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको मन्त्री पोखरेलले बताए । दीर्घकालीन १५ औं आवधिक योजनामा शिक्षाका सवलीकरणका विषय समेटिएका उनको भनाइ थियो ।