दाइको बच्चाकी आमा बनिन् बहिनी, हरेक दिन गर्थे बलात्कार

प्रकाशित मिति:

एजेन्सी – नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् । बहिनीले आफ्नो दाइले बलात्कार गरेपछि बच्चा जन्मिएको बताएकी छन् । आफ्नो दाइ विरुद्ध अपहरण र बलात्कार गरेको उजुरी दिन उनी पुलिस चौकी पुगेपछि घटना सार्वजनिक भएको हो । अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पीडित युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक बलात्कार गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताएकी छन् । कयौँ महिनादेखि दाइले नै आफूलाई बलात्कार गरेको उनले पुलिसमा बयान दिएकी छन् । युवतीको उजुरीका आधारमा पुलिसले अनुसन्धान सुरु गरेको छ । स्थानीय पुलिस चौकीले युवतीका दाइ दोषी देखिएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ ।