अन्तत : कृष्ण ओलीका दिन फेरिदै , हातखुट्टा राखेपछि आफै गर्न थाले काम

प्रकाशित मिति:

मानवताको न कुनै जात हुन्छ, नत धर्म। मानवताको न कुनै राष्ट्रियता हुन्छ, नत सीमा रेखा नै। उपकारी मनहरूका लागि नत कोही आफ्नो हुन्छ, नत पराई। हरेक सीमा नाघेर, अनि, जात धर्म र राष्ट्रियताको पर्खालभन्दा माथि चढ्ने गुणीहरू विरलै भेटिन्छन्। डेड बर्ष अघि जेठ महिनामा कृष्णलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लाग्यो, जसका कारण उनले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्‍यो। दाङ, तुलसीपुरस्थि विद्युत प्राविधिक पदमा कार्यरत कृष्णले विद्युत लाइन बिस्तार गर्ने क्रममा आफ्ना दुवै हात र खुट्टा गुमाएको कारुणिक कथा सुनेर सहयोगको देश विदेशबाट पनि सहयोग आएपछि उनि अहिले हातखुट्टा हालेका छन् ।

२०१९को जनवरी १ अघिप्राय आफ्नै गाउँघरमा बाहेक अरुले बिरलै चिन्ने नाम थियो कृष्ण ओली। इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीलाई २०७५ को जेठ २५ मा दाङमा क*रेन्ट लाग्यो। विद्युत प्राविधिक पढेका उनी दाङ्को तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए।विद्युत लाइन विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको क*रेन्ट ला*गेर कृष्णले सधैका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्याे । कृष्णको हात र खुट्टा जोड्नको लागि देश तथा विदेशमा रहेका नेपालीले सक्दो सहयोग गरेका छन् । त्यही साथ र सहयोगका कारण आज कृष्ण ओली हिड्न सक्ने भएका छन् ।

घरको आर्थिक अवस्था निकै कम्जोर रहेका कृष्णलाई देश तथा विदेशमा रहेका नेपालीले सक्दो सहयोग गरेका थिए ।नेपालमै खु*ट्टा राखेका कृष्ण आफ्नी श्रीमती रुपा मगर ओली सँग अहिले मुम्बईमा छन । र यहि अगस्त १४ गते कृष्णको जन्मदिन पारेर कृष्णको हात राखेका छन् । कृष्णले अहिले बायोमेट्रिक हात राखेर अभ्यास गरि रहेका छन ।कृष्णले कृ*तिम हातले पहिलो अक्षर रुपा लेखे ।कृष्णलाई कठिन परिस्थितिमा पनि बिचलित नभई रुपाले हरेक सुख दुखमा साथ दिए पछी रूपाका प्रशंसक पनि बढ्दो छन्।