ओशिया हर्वलद्वारा सौन्दर्य ब्यवसायिलाई सेमिनार

२३ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
18 Shares


झविन्द्र देवकोटा/बुटवल –  ओशिया हर्वल्स प्रालिले ब्यूटि फेशियल र हेयर ट्रिटमेन्ट सम्वन्धि एकदिने सेमिनार सोमबार बुटवलमा गरेको छ । ब्यूटिशियनहरुलाई आफ्ना सेवाग्राहीमा हुने छाला तथा कपालमा हुने समस्याका बारेमा ज्ञान दिनका लागि ओशियाले सेमिनार गरेको हो । सेमिनारमा रुपन्देहीको बुटवल, भैरहवा क्षेत्र लगायत कपिलबस्तु, नवलपरासी, पाल्पा जिल्लाका करिव एक सय जना सौन्दर्यकला ब्यवसायिहरुको सहभागिता रहेको थियो । छाला तथा कपाल (हेयर) सम्वन्धी विशेषज्ञ ब्यूटिशियन शुलोचना श्रेष्ठले महिलाको फेशियल, हेयर ट्रिटमेन्ट, विभिन्न स्टाइलका हेयर कटिङ्ग लगायतका ब्यूटि टिप्सहरुबारे ब्यूटिशियनहरुलाई जानकारी गराएकि छन् ।

उनले बदलिदो परिभेष तथा मौसम अनुसारको मेकअप, फेश तथा हेयर केयरिङ्ग, आकर्षक ब्यक्तित्व दर्शाउने मेक अप लगायतका बारेमा सहजिकरण गरेकी थिईन् । कार्यक्रममा ओशिया हर्वल्स नेशनल सेल्स म्यानेजर सरोज चौधरीले आफ्ना उत्पादनहरु महिलाको मेकअप सुहाउदो मात्र नभई कुनै पनि साईड इफेक्ट नभएको समेत दावी गरे । चौधरीले ओशिया भारतीय उत्पादक कम्पनी भएतापनि यसको बजार भारत लगायत भूटान, साउथ अफ्रिका, श्रीलंका, बंगलादेश लगायतका मुलुकमा पनि निर्यात हुने गरेको बताए ।  बुटवल क्षेत्रबाट ६÷७ वर्षदेखि ओशियाका उत्पादनहरु विक्रि गर्दै आएको बताउने ओशियाको बुटवल आधिकारिक डिलर काशि विश्वनाथ ट्रेडर्सका संचालक विनय कशौधनले फेशयल क्रिम, क्लिजिङ्ग, टोनर, अ‍ेस्ट्राईजर, लोशन, मस्करा, हेयर स्पा, हेयर प्याक, हेयर भर्टिलाईजर, हेयर वयल लगायतका ओशियाका उत्पादनहरु विक्रिवितरण गर्दै आएको बताए । कार्यक्रममा स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुति समेत देखाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया