सियारी गाउँपालिका भू–माफियाको चङ्गुलमा फसेको आरोप

प्रकाशित मिति:

ललित पाण्डेय/बुटवल – रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक जग्गामा बृक्षारोपणको नाममा भू–माफियाको चङ्गुलमा पारिएको स्थानीयहरुले आरोप लगाएका छन । गाउँपालिकाले भू–माफियासँग साँठगाँठ गरी चिल्हिया स्थित कित्ता नम्बर ४५ को ४–९–६ को जग्गा विशाल तामाङ्को नाममा दर्ता गराएको स्थानीयहरुको भनाई छ । गाउँकार्यपालिकाले जनविरोधी काम गरेको स्थानीयबाट गुनाशो आएपछि नेपाली कांग्रेस सियारी गाउँपालिकाले सोमबार गाउँपालिकाको कार्यालय घेराउ गरेको छ । गाउँपालिकाको वडा नं. ३ मा रहको रामजानकी मन्दिर र संस्कृत मावि मटीहानी गुठीको नाममा रहेको करिब ६० विगाहा जग्गा विदेशी संस्थालाई गाउँपालिकाले दिन थालेको भन्दै कांग्रेसले नेतृत्व गर्दै सयौंको सख्यामा स्थानीयहरु गाउँपालिकामा पुगेका थिए ।

नेपाली कांग्रेस सियारी गाउँपालिकाका सभापति थानेश्वर घिमिरेले गाउँपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिका नाताबाद , कृपाबाद चलेको आरोप लगाउँनुभयो । गाउँपालिकामा कर्मचारी नियुक्त गर्दा अध्यक्षले आफ्नो छोरालाई नियुक्त गरेको उँहाले बताउँदै नातापाता , परिवारवादलाई प्रोत्साहन गरिएको बताउँनुभयो । उँहाले स्थानीयको मागलाई सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिनुभयो । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले जनताको हितमा काम गरेको बताउँनुभयो । सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकोले कार्यदल बनाएर सार्वजनिक जग्गा गाउँपालिकामा संरक्षण गरिएको उँहाले बताउँनुभयो ।

कांग्रेसले आरोप लगाए जस्तो नभएको उँहहाले बताउँदै प्रतिस्प्रर्धाबाटै नै कर्मचारी गाउँपालिकामा भर्ना गरिएको बताउँनुभयो । गाउँपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएपछि नेपाली कांग्रेसले विरोधसभाको आयोजना गरेको थियो । गाउँपालिकाले बजेट वितरण गर्दा पक्षपात गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । गाउँपालिकाको मनपरी जनतालाई मान्य नहुने र जनताको माग सम्बोधन नभए ओन्दोलन गर्ने उनिहरुले चेतावनी दिएका छन । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य बुद्धिराम हरिजन, माहाधिवेशन प्रतिनिधि जमवन्त कँुवर, रंगनाथ गुप्ता, विष्णु बायिना , मोहन लाल यादब लगायतले बोलेका थिए ।