प्रधानमन्त्रीलाई गगनको सुझाव प्रदेश सभा डुलेर उपदेश दिन छोड्नुस्

प्रकाशित मिति:

काठमाडौं- नेपाली कांग्रसका नेता गगन थापाले प्रधानमन्त्रीलाई प्रदेश सभा डुल्नेकि आफ्ना काम गर्ने भन्ने प्रश्न गरेका छन्। मंगलबार संसदमा बोल्दै थापाले प्रदेश सभाको भ्रमण गरेर उपदेश दिन भन्दा कामको दायीत्व निर्वाह गर्न आग्रह गरे। उनले प्रधानमन्त्रीलाई संघीयता सफल बनाउन लाग्न आग्रह गरे।

प्रधानमन्त्रीको व्यवहार संघीयता विरोधि देखिएको उनको आरोप थियो। प्रधानमन्त्रीका कारण संघीयतामाथी प्रश्न उठेको उनको  भनाई छ। थापाले अन्तर्वार्तामा मजाक र रोइलो नगर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिए।

प्राकृतिक स्रोत र वित्त आयोग अहिलेसम्म नबन्नुले धेरै कुरा दर्शाएको थापाको भनाई छ। थापाले यो आयोगको महत्व थाहा छ कि छैन भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे। स्थानीय सरकारको नियमावली नबन्दा करमा समस्या देखिएको उनले बताए। धेरै कर उठाउनु मात्र सफल नहुनु उनको भनाई छ।

सरकारले करको व्यवस्थापनमा ध्यान दिन नसकेकोले धेरै समस्या आएको थापाले बताए। करकै कारणा संघीयता बद्नाम हुन सक्ने खतरा उनले औल्याए।