डेंगु संक्रमित मन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति:

काठमाडौं– डेंगुको संक्रमणका कारण उपचारका लागि भर्ना भएका कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाल उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएका थिए । भदौ १८ गते (बुधबार) अस्पताल भर्ना भएका मन्त्री खनाल ५ दिनको उपचारपछि सोमबार डिस्चार्ज भएका ग्रान्डी अस्पतालले जनाएको छ ।

४ जना चिकित्सकहरुको टोलीले मन्त्री खनालको उपचार गरेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएअनुसार मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विनय रेग्मी, डा. प्रजोल श्रेष्ठ, डा. प्रभात अधिकारी तथा डा. सुभाष प्रसाद आचार्यको टीमले मन्त्री खनालको उपचार गरेको हो । मन्त्री खनालाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको र उपचारपछि स्वास्थ्यमा सुधार आएका कारण सोमबार डिस्चार्ज गरिएको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेद्वारा जारी गरिएको विज्ञप्ती उल्लेख छ ।