देशव्यापी करवृद्धिको आतंकविरुद्ध राजधानीमा प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं– देशव्यापी करवृद्धिको आतंकविरुद्ध राजधानीमा प्रदर्शन भएको छ।देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नम्बर प्रदेशको आयोजनामा मंगलबार भएको प्रदर्शन शान्तिवाटिकाबाट रत्नपार्क, असन, इन्द्रचोक हुँदै शान्टिवाटिका फर्केर कोणसभामा परिणत भएको थियो।प्रदर्शनकारीले ‘करवृद्धि खारेज गर, महंगी, भ्रष्टाचार तुरुन्त अन्त्य गर, महिला हिंसा गर्ने र बलात्कारीलाई सख्त कारवाही गर’ जस्ता नारा लगाएका थिए। कोणसभालाई सम्बोधन गर्दै वैद्य माओवादीका नेता सीपी गजुरेलले अन्धाधुन्ध कर बढाएर जनताको ढाड सेक्ने कामलाई सरकारले नियन्त्रण गर्न नसकेको भन्दै आलोचना गरे।