नेपाली कांग्रेसको दोश्रो जागरण अभियान शुरु

२४ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
16 Shares


कञ्चन-हिमाल पहाड तराई मधेस,नेपाली कांग्रेसू भन्ने मुल नारा सहित नेपाली कांग्रेसको दोश्रो जागरण अभियानआज देखि बिबिध कार्यक्रम सहित देश भर शुरु हुने भएको छ।नेपाली कांग्रेसका संस्थापक सभापति बिपि कोइरालाको १०६ औं जयन्तीको अवसर पारेर विभिन्न स्थानमा बृक्षारोपण गरि जागरण अभियानको शुभारम्भ गरिने भएको छ।रुपन्देही जिल्लाको क्षेत्र नं।५ को प्रदेश क र ख मा बृक्षारोपण गरि रुपन्देही जिल्लामा कांग्रेसको दोश्रो जागरण अभियान शुरु हुने भएकोछ।प्रदेश क को रुद्रपुर माध्यमिक बिधालयको परिसर र प्रदेश ख को सग्रहवा माध्यमिक बिधालय परिसरमा बृक्षारोपण हुने नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं।५ कका सभापति राम बहादुर थापाले जानकारी दिनु भएकोछ।

नेपाली कांग्रेसको विभिन्न तह र ईकाइहरुको पुनर्गठन,रुपन्देही क्षेत्र नं। ५ क मा  सभापतिमा राम बहादुर थापा

नेपाली कांग्रेसले पार्टीको आगामी चौधौं महाधिबेशनलाई लक्षित गरि विभिन्न तहका समितिहरुको पुनर्गठनका लागि भेला र जागरण अभियान तिब्र रुपमा अगाडी बढाएको छ।नेपाली कांग्रेसले पार्टीलाई जिबन्त राख्न र गाउँ तह सम्म पार्टीको उपस्थितिलाई बलियो बनाउन बिभिन्न क्षेत्रहरुका लागि केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।नेपाली कांग्रेस रुपन्देही जिल्ला समितिबाट जिल्लाका बिभिन्न तह र ईकाइहरुमा भेला र जागरण अभियानका लागि समिति पुनर्गठन गरेकोछ ।यस अन्तर्गत रुपन्देही क्षेत्र नं।५ प्रदेश सभा क मा नेपाली कांग्रेस क्षेत्रिय समितिका सचिब राम बहादुर थापाको सभापतित्वमा नेपाली कांग्रेस प्रदेश सभा क समिति गठन गरेको छ भने क्षेत्र नं।५ मा क्षेत्रिय सभापति ओसिउल्लाह मुसलमानको सभापतित्वमा क्षेत्रिय समिति गठन गरेको नेपाली कांग्रेस जिल्ला समितिले जनाएकोछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • माथागढिमा कांग्रेसको अन्तर्कृया , ‘गाउँ जाउ गाउँमै रमाऔँ ,एक ब्यक्ती…
  • जुनियर युवा रेडक्रसको ४०औं राष्ट्रिय गोष्ठी सम्पन
  • कांग्रेसद्वारा फागुन १५ गते चितवन बन्द (बिज्ञप्ती)
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन…
  • विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल
  • अब विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने
  • भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन पति
  • आँचल र उदिपले यसरी गरे इङ्गेजमेन्ट, के भन्छिन आँचल ?
  • देश आमा हुन्, कुर्लुम्म काटेर खान मिल्दैन
  • कर्णाली नदीमा जीप खस्यो, एक जनाको मृत्यु