नवलपरासी जिल्लामा हाल सम्म तीन जना ब्यक्ति डेगुं बाट प्रभाबित

२४ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
15 Shares


उर्मिला यादव / भदाै २४

नवलपरासी –जिल्ला प्रशासन कार्यालय बर्दघाट सुस्ता पश्चिम नवलपरासीले जिल्ला बिपद ब्यवस्थापन समितीको बैठक सम्पन्न गरेको छ । बैठकले नवलपरासी जिल्लामा हाल सम्म तीन जना ब्यक्ति डेगुं बाट प्रभाबित भएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । बैठकले बिभिन्न जिल्लाहरुमा देखिएको डेंगु रोग नवलपरासी जिल्लामा फैलिन नदिन सबै स्थानिय तहहरुले सरसफाइको बिशेष कार्यक्रम संचालन गर्ने एवम लामखुटटेको बासस्थान र लार्भा खोज र नष्ट गर अभियान समेत संचालन गर्ने जनाएको छ । यस्तै गरी सरकारी एवम निजी स्वास्थ्य संस्था र स्वास्थ्य क्षेत्रमा क्रियासिल रेडक्रस लगायत संघ संस्थाहरुले पनि आवश्यक सहयोग गर्ने , स्वास्थ्य कार्यालयले डेंगु रोगको सम्बन्धमा सचेतना कार्यक्रम संचालन गर्ने एवम उक्त रोग नियन्त्रणका लागी कार्ययोजना समेत तयार गर्ने निर्णय गरेको जनाएको छ ।

बैठकमा जिल्लाको डेंगु प्रभाबितहरुको तथ्यांक संकलन गरी दैनिक रुपमा प्रतिबेदन गर्ने , डेगुं रोग रोकथाम सम्बन्धी सन्देश मुलक सुचना प्रकाशन, प्रसारण गर्न स्थानिय संचार माध्यमहरुलाइ अनुरोध गर्ने जनाएको छ । बैठकले छाडा पशुचौपायाहरु बाहिरी जिल्ला एवम भारतिय सिमानाबाट नेपाल भित्रिन नदिन स्थानिय तह , जिल्ला प्रहरी र शसस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेडक्वाटर , भन्सार ,पशु सेवा बिज्ञ केन्द्र लगायतका सम्बद्ध सबैले बिशेष सर्तकता अपनाउने साथै स्थानिय तहहरुले आफनो क्षेत्र भित्र जथाभावी छाडिएका पशुचौपायाको तथ्यांक संकलन गर्ने र अनुगमनलाइ प्रभावकारी बनाइ उचित एवम मर्यादित ब्यवस्थापन गर्ने जनाएको छ । यस्तै गरी सुस्ता गाउपालिका वडा नम्बर ३, ४ र ५ एवम प्रतापपुर गाउपालिकाको केहि क्षेत्रमा गत जेठ १९ गते आएको हावाहुरी तथा पानीले गर्दा कृषकहरुले लगाएको केराको बोटमा समेत क्षति पुरयाएकोमा उचित राहतको लागी आन्तरिक मामिला तथा कानुन मन्त्रालय , प्रदेश नम्बर ५ बुटवल रुपन्देहीमा सिफारिस गरी पठाउने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया