वृद्धको भेषमा अमेरिका जाने प्रयास

२४ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
917 Shares


एजेन्सी- ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।भारतको अहमदावाद निवासी जयस पटेलले वृद्धको भेषमा अमेरिका जाने प्रयास गरेका हुन् । उनलाई भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्लीस्थित विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।समाचार एजेन्सीहरुका अनुसार उनी अर्काको नामको राहदानी प्रयोग गरेर अमेरिका जान लागेका थिए । सेतो कपाल र सेतै दारी–जुंगा भएको हुलिया बनाएर ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन पार गरिसकेको अवस्थामा उनी पक्राउ परेको बताइएको छ ।

शंका लागेर चेकजाँच गर्दा उनले अमरीक सिंह नाम गरेका ८१ वर्षीय वृद्धको राहदानी प्रयोग गरेर अमेरिका जान लागेको तथ्य प्रकाशमा आएको हो । वृद्धजस्तै हुलिया बनाएका भए पनि छाला चाउरी नपरेको देखेपछि सुरक्षाकर्मीले उनीमाथि शंका गरेका थिए ।भेष बदलेर उनी किन अमेरिका जान लागेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल उनी दिल्ली प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद