कृषिमा ब्यवसायिक बन्दै अघिबढ्न प्रदेशसभा सदस्य दिपेन्द्र कुमार अधिकारीकोे आग्रह

प्रकाशित मिति:

कृष्ण ढकाल सरावल  – कृषिमा ब्यवसायिक बन्दै अघिबढ्न प्रदेश नं ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले आग्रह गर्नु भएको छ । उहांले कृषि पेशालाई ब्यवसायिक बनाएर अघिबढेमा कृषकहरुको दैनिक जिवन स्तरवृद्धिसंगै समाज समृद्धि तर्फजान सहयोग पुग्ने धारणा राख्नु भएको थियो । सोमवार सरावल गांऊपालिका वडानं। ४ को पूर्नाहामा आयोजित मोहरम तजीया विशाल मेलाको समुद्घाटन गर्दै सांसद अधिकारीले उक्तकुरा बताउनु भएको हो । सांसद अधिकारीले प्रदेश सरकारले कृषिलाई पहिलो प्रथामिक्तामा राखेर अघि बढेकाले अहिले ब्यवसायिक कृषकहरुलाई अनुदान समेत दिदै आएको बताउनु भयो ।

त्यस्तै कृषकहरुलाई लक्षीत गरी सिंचाईलाई सर्वसुलभ गर्ने देखि अनुदान दिलाउन पहल गरीरहेको बताउनु भयो । उहांले आफ्नो क्षेत्रका जनताहरुको लागी शुद्ध पिउने पानीको ब्यवस्थाका लागि र भारतीय नम्वर प्लेटका गाडीहरुको भन्सार करका विषयमा आफ्नो तर्फवाट पहल गरीरहेको बताउनु भएको छ ।मोहरम तजीया विशाल मेलाको समुद्घाटन समारोहलाई सम्वोधन गर्नेक्रममा उहांले नेपाल बहुभाषिक तथा बहुजातीय देश भएकाले सबै जात जाती,भाषा भाषी एवं धर्मावलम्बीहरुले आ आफ्नै रितिरिवाज अनुसार आफ्ना गतीविधिहरु संचालन गर्ने गरेको धारणा राखनु भएको थियो । पछिल्लो समयमा समाजका हरेक समुदायले मनाउने धार्मीक कार्यमा सबैको सहभागिता हुनलागेको सुन्दर पक्षले समाजका सबै मानिसहरुमा एकता हुनगै समाज समृद्धिमा सहजता सृजना भएको धारणा राख्नु भएको थियो ।

मोहरम तजीया विशाल मेला ब्यवस्थापन समितिका अध्यक्ष अयोध्या यादवको अध्यक्षता र प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा सरावल गाऊपालिका वडा नं। ४ कावडाध्यक्ष छोटेलाल यादव,वडा नं। ५ का वडाध्यक्ष दिनेश सहानी लगाएत विभिन्न समाजसेवी ब्यीक्तहरुको सहभागिता रहेको थियो । मोहरम तजीया विशाल मेला ब्यवस्थापन समितिका सदस्य सुरेश यादवको स्वागत मन्तब्यवाट शुरुभएको उक्त कार्यक्रमको संचालन समाजसेवी युवा ब्यक्तितव सुसान्त घिमिरेले गर्नु भएको थियो । चार दिन सम्म लाग्ने मोहरम तजीया विशाल मेला राखिएको तजीया ६५ वर्षीय जालीम अली अन्सारीले एक वर्ष लगाएर निमार्ण गर्नु भएको थियो । उहांलाई श्रीमति र एक अर्का सहयोगीले काममा सहयोग गर्नु भएको अन्सारीले बताउनु भयो । करिव ७० फिट अग्लो रहेको उक्त तजीया करीव ८ लाखको लागतमा निमार्ण भएको मोहरम तजीया विशाल मेला ब्यवस्थापन समितिका सदस्य सुरेश यादवले बताउनु भएको छ ।