चितवन इन्जिनियरिङ्ग क्याम्पसबाट उत्तीर्ण विद्यार्थीहरूको नाम परिषदमा दर्ता नहुने

२४ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
276 Shares


काठमाडौं – चितवन इन्जिनियरिङ्ग क्याम्पसबाट उत्तीर्ण विद्यार्थीहरूको नाम परिषदमा दर्ता नहुने भएको छ । नेपाल इन्जिनियरिङ्ग परिषद् ऐनको शिक्षण संस्थालाई मान्यता प्रदान गर्ने विनियमावली विपरित काम गरेको भन्दै चितवन इन्जिनियरिङ्ग क्याम्पसलाई बैधानिकता नदिने निर्णय गरिएको हो ।

नेपाल इन्जिनियरिङ्ग परिषद्ले जारी गरेको सूचनामा सो क्याम्पसबाट उत्तीर्ण विद्यार्थीहरूको नाम परिषद्मा दर्ता नगरिने बताइएको छ । चितवन इन्जिनियरिङ्ग क्याम्पसले यस बर्ष देखि ४८ जनाको सिटमा आर्किटेक्चर अध्यापन सुरु गरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया