नेपालले यूएईलाई दियो २८६ रनको लक्ष्य

२४ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
16 Shares


काठमाडौं – एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले यूएईलाई २८६ रनको लक्ष्य दिएको छ । मारियन्स क्रिकेट ग्राउण्ड, श्रीलंकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती दुई विकेट मात्र ८ रन जोड्दा गुमाएको थियो । तर त्यसपछि नेपालले सम्हालिएर खेल्यो र निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनायो ।

नेपालका लागि कप्तान रोहित बुकमर पौडेलले कप्तानी पारी खेले । तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ रनको साझेदारी गरेका उनले सन्दीप जोरासँग ८५ रनको पार्टरसिप गरे । रोहितकुमार ८३ रनमा आउट भए । आशिफले ४५ र सन्दीपले ४८ रन बनाए । भीम सार्की भने एक रनमा आउट भए ।

कुशल मल्लले २२ रन जोडे । उनी सातौं विकेटमा आउट हुँदा नेपालको स्कोर २०६ रन थियो । रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरे । राशिद ४४ रनमा आउट भए । आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । लगातार दुई खेल हारेपछि समूह चरणबाटै बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्र हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया