वास्तुशास्त्र – पति पत्नीबीचको सम्बन्ध राम्रो बनाउन राख्नुहोस् कोठामा यी चिज

प्रकाशित मिति:

पति पत्नीबीचको सम्बन्धमा प्यार तथा विश्वास निकै जरुरी हुन्छ । माया प्रेमको सहारा जिन्दगीको कठिन परिस्थितिको सामना गर्न सकिन्छ । धार्मिक मान्यता अनुसार सम्बन्धको उतारचढावमा वास्तुको विषेश अर्थ र महत्व रहेको छ । पति पत्नीबीचको तनावका केही अदृश्य कारण हुन सक्छन् । शयन कक्ष, कोठामा लगाइएको रंग, ऐनाको प्रयोग सही स्थानमा भएन भने पनि पति पत्नीबीस समस्या उत्पन्न हुने वास्तुशास्त्रको मत रहेको छ ।

के गर्दा समस्या हल हुन्छ ? – वास्तु शास्त्रका अनुसार पति पत्नीको कोठा दक्षिण पश्चिम दिशामा हुनु जरुरी छ । कोठा आयतकार भए पति पत्नीको सम्बन्धमा माया प्रेम बढी हुन्छ । कोठाको रंगपनि माया प्रेमलाई प्रभावित गर्ने खालको हुनु जरुरी छ । त्यसका लागि हल्का तथा आखाँलाई नविझाउने खालको रंगको प्रयोग गर्न आवश्यक हुन्छ। पिंक या परपल कलरको तन्ना प्रयोग गर्न आवश्यक हुन्छ जसमा फूलको सुन्दर आकृति बनेको होस् । माया प्रेममा जोशका लागि रातो र निलो रंगको बेडसिटको प्रयोग गर्न सकिन्छ । कोठामा पति पत्नीका साथसाथै हाँसो, खुसी भरिएको तस्वीर राख्दा सम्बन्ध राम्रो हुन्छ । कोठामा मयुरको पंख राख्नुहोस्, शिरानीमा पिपलको पात राख्नुहोस् । माटोको भाडाँमा दही राख्ने गर्नुहोस् ।