लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो– अल्बर्ट आइन्स्टाइन

२४ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
46 Shares


संसारकै महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक जना केटोले सोध्यो – सर आज सारा संसारमा तपाईको नाम चर्चित छ । सबै तपाईको प्रशंसा मात्र गर्छन् । तपाईंलाई महान् भन्छन् । मलाई पनि सिकाउनुस् न आखिर महान् बन्ने सूत्र चाहीं के हो ? आइन्स्टाइन त्यस केटो तिर फर्किएर हेरे र मुस्कुराउँदै भने – यसको सूत्र लगन हो । जब म तिम्रो उमेरको थिए तब गणित विषय देखि डराउँथे, जस्तो आज तिमी डराउँछौ । म धेरैजसो गणितमा नै फेल हुन्थे र मैले सजाय पाउँथे, मेरा साथीहरू मलाई जितेर अघि बढ्थे । उनीहरू मेरो मजाक उडाउँथे । म मन मारेर बस्थे ।

एकदिन मैले सोचे आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणित देखि डराउने गर्छु ? बस्, त्यो दिनदेखि मैले गणितका प्रश्नहरू समाधानको लागि निकाल्न थाले । याद राख, म बारम्बार असफल पनि भएँ । साथीहरूले खिल्ली उडाउन छोडेनन् तै पनि लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्नेछु । र यही लगनले मलाई आज यहाँसम्म पु¥यायो । लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।

फेसबुकबाट तपाईको प्रतिक्रिया