बकर इदका अवसरमा भोलि प्रदेश अन्तर्गतका सार्वजनिक कार्यालयहरु बन्द हुने

प्रकाशित मिति:

मुस्लिम धर्माबलम्वीहरुको पर्व बकर इदका अवसरमा प्रदेश ५ को सरकारले बुधबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपसचिव मधु पौडेल ज्ञवालीद्वारा हस्ताक्षारित विज्ञप्तिमा जनाइएको छ । प्रदेश अन्तर्गतका सार्वजनिक कार्यालयहरु बन्द हुने भए पनि संघीय सरकारअन्तर्गत रहेका कार्यालयहरु खुल्ने वा नखुल्ने अन्यौलता भने कायमै रहेको छ । बकर इद को उपलक्ष्यमा सार्वजनिक विदा दिन माग गर्दै मुस्लिम समुदायका संघसंस्थाले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए । यस्तै प्रदेश १ र प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।