मुसिकोट काँग्रेसले गर्यो पिएचडी गरेका भुषाललाई सम्मान

प्रकाशित मिति:

काैरव खत्री/गुल्मी – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता दामोदर भुषाललाई नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिद्वारा एक कार्यक्रमका बीच सम्मान गरेको छ।  १०६ औ बिपि जयन्ती कार्यक्रममा प्रमूख अतिथिको रुपमा मुसिकोट पुगेका थिए । नेता भुषाललाई विद्याभुषण “क” अर्थात पीएचडी गरेबापत सम्मानित भएका हुन् । उनीे चीनको पेकिङ्ग विश्वविद्यालयवाट विद्यावारिधी गर्ने पहिलो व्याचको पहिलो नेपाली हुन् । उनले नेपालमा उद्यमशीलता विकासमा विप्रेषणको भूमिका विषयमा सोध गरेका छन् । नेता भुषालले यसअघि नै त्रिभुवन विश्वविद्यालयवाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् ।

नेता भुसाल मुसिकोट नगरपालिका वडा नम्बर १ पौदिअरेवा जन्मेर राजनीतिलाई पवित्र कार्य ठान्ने नेता भुषाल परिवारमा राजनीतिमा तेस्रो पुस्ताका प्रतिनिधि पात्र हुन् । पछिल्लो समयमा उनि राजनैतिक संग्संगै युवाहरुको उद्यमशिलतामा जोड दिदै सामाजिक कार्यमा सक्रिय रहेका छन् ।  उनि भन्छन – राजनैतिक गर्ने नेताहरु चन्दा एबम अनुदानमा नभुली जोड दिन जोड गरे । उनि भन्छन कोरा राजनीति गर्नेले समाज परिबर्तन हुदैन  भन्दै नेतृत्वमा बस्ने नेता इमान्दार एबम उद्यमशील  हुन जरुरी छ भन्ने कुरामा जोड दिए ।

विद्यार्थी जीवनमा भुषाल सधै चर्चामा रहिरहे । उनी क्याम्पसमा अध्यन गर्दा काठमाडौ शिक्षा क्याम्पसको स्ववियु सभापति बनेका थिए । नेविसंघको विदेश विभाग प्रमुख रहदाँ नेता भुषालले शिक्षालाई शान्ति क्षेत्र कायम गराउने र विद्यार्थीको अधिकार स्थापित गराउने आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा परेका छन् । मुलधारको राजनीतिमा नेपाली कांग्रेस गुल्मीको क्षेत्रिय सभापतिको जिम्मेवारी निर्वाह गर्दा नेता भुषालले गरेका कामहरु अहिले पनि स्मरणीय छन् ।