सिद्धार्थ ईन्टरनेसनल कलेज बुटवलमा बिमा सम्बन्धि सेमिनार हुँदै

प्रकाशित मिति:

बुटवल – बुटवल ९ राजमार्ग चौराहमा रहेको सिद्धार्थ ईन्टरनेसनल कलेजले बिमा सेमिनार गर्ने भएको छ । नेपालमा बिमा क्षेत्रका सम्भावना, अवसर र चुनैतिका बारेमा अभिमुखिकरण गर्न लागिएको कलेजले जानकारी दिएका हुन् । बिमा सम्बन्धी राष्ट्रिय स्तरको सेमिनार गर्न लागिएको कलेजले मंगलबार कार्यलयमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

भदौ २५ गते बुटवलमा रहेको एसियन भिलेजमा हुने सेमिनारमा कलेजमा रहेर बिबिए–बिआई शंकाय अध्ययन गरीरहेका बिद्यार्थीहरुलाई सहभागि गराईने कलेका प्राचार्य काशिनाथ भण्डारीले जानकारी दिए । कार्यक्रममा बोल्दै पोखरा युनिभर्षिटिका प्रतिनिधि तथा बिमा बिज्ञ रबिन्द्र घिमिरेले यो कार्य कसैले नगरेको र कलेजले गर्नु राम्रो कार्य भएको भन्दै प्रशंसा गरेका थिए । उनले नेपालमा २० जीवन, १९ निर्जिव र १ पुन बिमा गरी ४० वटा बिमा कम्पनी रहेको जानकारी दिए । बिमा कम्पन्नीहरुले नाफालाई मात्र ध्यान दिएको उनले बताउँदै कम्पन्नीहरुले बिमा सम्बन्धि अध्ययन अनुसन्धानको लागि लगानी गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रम संयोजक सन्देश श्रेष्ठले यो सेमिनारले बिद्यार्थीहरुलाई स्वरोजगार बनाउन महत्वपुर्ण सहयोग गर्नुका सार्थै आफु भित्रको क्षमता, नेपालको बिमा क्षेत्रलाई प्रोत्साहन गर्न र बिमाको क्षेत्रको बारेमा सर्बसाधारणलाई जाकरुक बनाउन र बिमा क्षेत्रको अवसर तथा चुनौती थाहा पाईराख्न मद्दत पुग्ने बताए ।  सेमिनारमा कलेमा रहेका १ सय ७० जना बिद्यार्थी सहित २० भन्दा बढि बिमा कम्पनीका ब्यक्तिहरुले अभिमुखिकरण दिने जनाईएको छ । तालीम बिहान ८ बजेदेखि दिउसो ४ बजेसम्म सञ्चालन हुनेछ ।