लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारबाट एक जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल – बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन राना रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले जानकारी दिए । भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा कालाजार भएको पत्ता लागेपछि उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । भुसुनाको टोकाइबाट यो रोग लाग्ने गर्दछ ।

यो रोग लागेमा सामन्यता लगातार ज्वरो आउने गर्छ भने फियो र कलेजोमा संक्रमण बढ्न गइ पेट फुल्लिने, कमजोरी महसुस हुनेलगायत लक्षण देखिने डा. खनालले बताए । चिकित्सकका अनुसार यो रोग लागेमा रक्तअल्पत्ता हुने, मानिस दुब्लाउँदै जाने, फियो धेरै बढ्ने तथा केही समयपछि कलेजो समेत बढ्ने हुन्छ । कालाजार ‘लेसमानिया डोनोभानी’ नामक प्यारासाइट प्रोटोजोवाका कारण हुने रोग हो । यो एक प्रकारको सेन्टलाई नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ ।