बुटवलका शिशिरले गरे फ्युल सेभर किटको आविष्कार

प्रकाशित मिति:

बुटवल – बुटवल मिलन चोक निवासी एक युवाले ईन्धन बचत तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन । युवा प्रतिभा तथा ईन्जिनियर शिशिर जिसीले सवारी साधनमा जडान गर्ने विशेष किसिमको यन्त्र आविष्कार गरेका हुन । कार्यक्रमको एक समारोहका बिच प्रदेश नं. ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरी, पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, उपप्रमुख गुमादेवी आचार्य, वन विज्ञ कृष्ण पोखरेलले यन्त्रको संयुक्त रुपमा उद्घाटन गरेका छन । प्रदेश नं. ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले युवापुस्ताको आविष्कार आम नागरिकको उपयोगी भएको बताए । मन्त्रालयबाट यो विषयमा जानकारी लिने काम र उनलाई सम्मान समेत गरिएको बताए ।

पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले युवा आविष्कारलाई साथ दिने काम स्थानिय सरकारमा सबैभन्दा बढी जिम्मेवारी आएको बताए । परनिर्भरतामात्र कुरा गर्ने तर अनुसन्धानको कुरामा पछि परेको उनले बताए । कार्यक्रममा प्रदेश सभासद दिनेश पन्थी, नेपाल च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य टंक पोखरेल, जिसीका बुबा वैकुण्ठ जिसी र आमा कमला जीसी लगायतले नया नया आविष्कारमा नेपाली पछि नरहेको भन्दै यसका लागि सरकारबाट प्रोत्साहन गर्न जरुरी रहेको बताए ।