अज्ञात समूहद्वारा नेकपाका स्थानीय नेता जोशीको गाडीमा आगजनी

२४ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
13 Shares


कैलाली – कैलालीमा गएराति अज्ञात समूहले घर अगाडि पार्किङ गरी राखिएको जिपमा आगजनी गरेको छ । घोडाघोडी नगरपालिका–१ सुन्दरपुरमा नेकपाका स्थानीय नेता गौरी प्रसाद जोशीले आफ्नै घर आगाडि पार्किङ गरी राखेका बा ९ च ६५९७ नम्बरको स्कोरपियो जिपमा गएराति करीब १२ बजेतिर अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनले आगजनीबाट कारको अगाडीको भाग जलेर क्षति भएको जानकारी दिदै आगजनी गर्नेको खोजी भइरहेको बताए । आगजनी गरिएको स्थानमा कुनै पनि संगठनको पर्चा, पम्पलेट केही पनि नदेखिएको र अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएका कारण व्यक्तिगत रिसिइवीका कारण जिपमा आगजनी गरिएको हुनसक्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया