करको अन्यौलता अन्त्य गर्न प्रदेश भरिका जिल्लाहरुमा छलफल गरिने

प्रकाशित मिति:

प्रदेश नम्वर ५ को सरकारले स्थानीय तहले लिइरहेको कर र करका सम्वन्धमा देखिएको अन्यौलताका सम्वन्धमा प्रदेश अन्र्तगतका १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतहरुसंग अन्र्त्क्रिया तथा छलफल गर्ने भएको छ ।प्रदेश सरकारले आउदो साता बिज्ञ हरुको समेत सहभागितामा प्रदेश अन्र्तगतका सबै स्थानीय तहका प्रमुख र प्रशासकीय प्रमुखहरुसंग अन्र्त्क्रिया तथा छलफल गर्ने प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीले जानकारी दिनुभयो । दोहोर कर भयो भनेर कुरा उठिरहेको छ सामान्य बुझदा त्यस्तो पाइएको छैन तर यथार्थ बुझन र करका सम्वन्धमा थप जानकारी गराउन त्यस्तो खालको छलफल तथा अन्र्त्क्रिया आयोजना गर्दै छौ । उहाका अनुसार नवलपरासी र रुपन्देहीका लागि बुटवलमा, पाल्पा र गुल्मिका लागि तानसेनमा, कपिलवस्तु र अर्धाखाचीका लागि गोरुसिंगेमा, प्युठान र रोल्पाका लागि प्युठान वा रोल्पामा रुकुम र दागंका लागि दागंमा तथा बाके र बर्दियाका लागि बाकेमा छलफल तथा अन्र्त्क्रिया गरीने छ । मन्त्रि चौधरीले व्यवहारमा भन्दा पनि मिडियाले करलाई अनावश्यक रुपमा बढी चर्चामा ल्याएको समेत बताउनु भयो ।

थप समाचार