केटाको खडेरी लागेपछि सामूहिक बिहेको अपिल गर्दै सुन्दरीहरु

२४ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
273 Shares

ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरु

एजेन्सी– बैंस छ, उमेर छ अनि रुप पनि छ तर, विडम्बना शहर भरी चहार्दा पनि विहेका लागि केटा नै पाइँदैन । यो समस्या ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरुको हो । उमेर ढल्किँदै गइसक्यो तर बिहेका लागि एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरु अहिले सामूहिक रुपमा केटा पाउँ भन्दै हार–गुहार गरिरहेका छन् । अहिले कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष नै छैनन् ।

तर, ६ सय भन्दा बढी बैंसले धपक्क बलेका युवतीहरु अविवाहित छन् । समाचार माध्यममा जनाईएअनुसार ती मध्ये अधिकांश ३५ वर्ष मुनिका नै रहेका छन्  केटा नपाएपछि अहिले उनीहरु अविवाहित केटाहरुलाई आफूसँग सम्बन्ध गाँस्न सामूहिक अनुरोध गर्दै आएका छन् ।तथ्याङ्कअनुसार समग्र ब्राजिलमा भने एक सय जना महिलाको भागमा ९८ जना मात्र पुरुष पर्छन् । त्यसो त यो समस्या ब्राजिलको कोर्डेरियो सहरको मात्र होइन ।

रुसका केही स्थानमा पनि हालत यस्तै छ । त्यहाँ पनि केटीहरुको भन्दा केटाहरुको संख्या निकै कम छ । जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नुपर्ने अवस्थामा छ । उता भिक्टोरियामा पनि एक सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । अर्थात् पुरुष भन्दा ६० हजार बढी महिला छन् भिक्टोरियामा । त्यहाँ पनि युवतीलाई पुरुष भेट्टाउन हम्मे हम्मे पर्छ । तर छिमेकी राष्ट्र चीनमा भने महिलाको संख्या कम छ त्यहाँ अहिले विस्तारै एकल पुरुषहरुको संख्या बढिरहेको छ । केही अध्ययनअनुसार, भविष्यमा चीनका २५ प्रतिशत पुरुषले कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…