‘सरकारसंग नै डेंगुका बिरामीको तथ्यांक नै फरक – फरक छ ‘ 

२४ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
20 Shares


सरकारी पक्षको दाबी – ‘डेंगुको महामारी अवस्था भएको छैन,भ्रम नछरौं ’
बुटवल – प्रदेश नम्बर ५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दाबि गरेको छ । प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको सयौं जना बिरामी भएर थला पर्दा पनि सरकारी पक्षले भने यसलाइ सामान्य र बिगतका बर्षभन्दा कम प्रभाब भनेको छ । सरकारले दिने तथ्यांकमा पनि एकरुपता छैन । रिपोर्टर्स क्लव प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रदेश ५ सामाजिक बिकास मन्त्रालयका निमित्त सचिब थानेश्वर ज्ञवालीले बाहिर हल्ला पिटिएजस्तो भयावह अबस्था नरहेको दाबि गरे । उनले रोग नियन्त्रणका लागि सरकार लागि परेको जानकारी दिए । उनले सरकार लागि परेको र यस्मा सबैपक्ष जिम्मेबार बन्नुपर्ने भन्दै प्रदेश सरकारले स्थानीय सरकारसंग समन्वय गरिरहेको दाबि गरे । प्रदेश ५ का स्वास्थ्य निर्देशक डा बिनोद गिरीले अहिले भयावह रुपमा डेंगु फैलिन नपाएको उनले बताए ।

उनले प्रदेश ५ मा १२६ बिरामी र ८७ जना अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए । डेंगुबाट बच्नका लागि अब फुल कपडा लगाउनुपर्ने उनले सुझाव समेत दिए । ब्यबहार परिबर्तन गरेर डेंगु नियन्त्रणमा सबै लाग्न डा गिरिको सुझाब छ ।  उनले हरेक दिन स्वास्थ्य निर्देशनालयले प्रदेशको डेंगुको तथ्यांक सार्बजनिक गरिने बताए । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले अस्पतालमा अहिलेसम्म ६९ जना डेंगुका बिरामी उपचारका लागि आएको बताए । यी मध्ये २३ जना बुटवलका र अन्य बुटवल बाहिरका भएको डा खनालले जानकारी दिए । उनले किट अभाब भयो भन्दै बजारमा हल्ला फैलिएको भन्दै भयाबह अबस्था नरहेको दाबि गरे । ९० प्रतिशत डेंगु आफै निको हुने र १० प्रतिशत हेरचाह,स्वास्थ खानपान र उपचारपछि ठिक हुने बताए । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरिले रुपन्देहीमा ९० मध्ये २० जनामात्रै उपचाररत रहेको र ७० जना घर फर्किसकेको बताए । उनले सचेतना र खोज र नष्ट अभियान जारी राखिएको जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाको शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले ४० जना मात्रै बिरामी भेटिएको र अहिलेसम्म १ जनाको पनि मृत्यु नभएको दाबि गरे । उनले बुटटवलका १९ वटै वडा,३०२ टोल,९५ वटा स्कुलमा अभियान चलाइएको बताए । उनले फगिङ् गर्ने अबस्था नरहेको जानकारी दिए । मर्सिसिटी अस्पतालका अध्यक्ष जनक कोइरालाले ३२ जना बिरामी आफ्नो अस्पतालमा डेंगुको उपचार गरेको बताए । अहिलेपनि १२ जना अस्पतालमै उपचाररत रहेको जानकारी दिए । यता बुटवल हस्पिटल प्रालिका डाइरेक्टर मुक्तिराज पौडेलले सरकारी बेवास्ताकै कारण दैनिक बिरामीको संख्या बढ्दै गएको बताए ।  उनले बुटवल अस्पतालमा ६४ जना बिरामीको उपचार भएको बताए । उनले डेंगुको प्रभाव सकिएपछि मात्रै सरकार जाग्ने गरेको भन्दै आफुहरुले नीजि अस्पतालमा गरेको उपचारको सरकारीपक्षले बेवास्ता गर्ने गरेको गुनासो गरे । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ