रोटरी क्लब अफ बुटबल डाउन टाउन द्धारा एक दिने वृहत स्वास्थ्य शिबिर

प्रकाशित मिति:

विष्णु घिमिरे बुटबल । रोटरी क्लब अफ बुबटल डाउनटाउनद्धारा एक दिने वृहत स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । नवलपरासी जिल्लाको सुनवल नगरपालीकाको सरस्वती प्रा वि मा बृहत निशुल्क महिला तथा बालबालिका स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्वास्थ्यको क्षेत्रमा पचुह नपुगेको क्षेत्रमा स्वास्थ्य सेवा पुगोस भन्ने उद्देश्यले यस क्षेत्रमा रहेका केहि गरीव दुखीहरुको निम्ती केहि मात्रमा भएता पनि सहयोग पुगोस भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष तुल्सी घिमिरे वताए । यस्ता कार्यक्रमहरुलाई निरन्तर अगाडी बढाउने बताए ।

शिविरमा बोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रीका ए जि इन्द्र रिसालले रोटरी क्लव अफ बुटबल डाउनटाउने सामाजिक क्षेत्रमा ठुला ठुला महत्वपूर्ण कामहरु गदै आएकोमा प्रसंसा ब्यक्त गरे आगामी दिनमा यस्ता कामहरुलाइ निरन्तरताका साथ अगाडी लैजान आग्रह गरे ।  स्वास्थ्यको क्षेत्रमा पहुच नपुगेका क्षेत्रमाहरु स्वास्थ्य सेवा प्रदान गरेर केहि मात्रमा भएपनि सहयोग प्रदान गर्ने काम यस क्लबले गरेको बताए । क्लवले समामाजिक क्षेत्रमा खेलेको भुमिकालाई रोटरी डिष्ट्रीकबाट उच्च मुल्याङ्कनका साथ हेरीरहेको बताए । अगामी दिनमा क्लबलाई डिष्ट्रीकमा पहिलो नम्वरको ब्लबको रुपमा स्थापित वनाउन आग्रह गरे ।  कार्यक्रममा रोटरी क्लब बुटबल डाउनटाउनका पूर्व अध्यक्ष नरवहादुर श्रीस , रविलाल पोखे्रल कमला हमाल लगायतले मन्तव्य राखेका थिए ।  शिविरमा पाचँ सय भन्दा बढी बिरामीले चेकचाज गरि स्वास्थ्य सेवा प्राप्त गरेका थिए । कार्यक्रममा सुनवल नगरपालिका रोट्रयाक्ट क्लब अफ बुटबल राामपिथेक , रोट्रयाक्ट क्लब अफ बुटबल डाउनटाउन , रोट्रयाक्ट क्लब अफ सिनर्जी र इनरव्हील क्लब अफ रूपनदेहीले कार्यक्रममा सहयोग गरेका थिए । कार्यक्रमका संयोजक सुबिता सैजुले स्वागत मन्तव्य ,अध्यक्ष तुल्सी घिमिरेको अध्यक्षयता तथा सचिव मनोज भुषालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।