विवाद विच सकीयो भलीवल प्रतियोगीता

२४ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
694 Shares


सबलडेक्स । कपिलवस्तुको वाणगंगा नगरपालीका –१० स्थित कालीका क्लबले तीजको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगितामा नियमविपरित सहभागी टिमलाई विजेता बनाएको भन्दै हारेको कालीगण्डकीले उजुरी गर्दासमेत सुनुवाई नभएको गुनासो गरेको छ । प्रतियोगितामा आयोजकले नियमविपरित खेलाडी सहभागी गराएको टिमलाई विजेता बनाएपछि विरोध गरेको कालीगण्डकी गाउंपालीकाको टिमले अन्तिम खेल नखेली बाहिरिएको थियो । कालीगण्डकी गाउंपालीका वाहीरीएपछी दर्शकहरु निराश वनेको खेल हेर्न गएकोहरुले वताएको कालीगण्डकीका खेलाडिले गुनासो गरेका छन् ।


खेलमा विजेता बनेको देवदहले ३ खेलाडी बाहिरबाट ल्याएर खेलाएको भन्दै खेलमा नियम पालना गर्न आग्रह गर्दासमेत सुनुवाइ नभएपछि अन्तिम खेल नखेली बाहिरिएको कालीगण्डकी गाउंपालीकाका कोच सुमन थापाले बताए ।े नियम विपरित खेलाडी सहभागि गराउंदा समेत आयोजकले रोकेनन् , उनले भने , सबै टिम एकनासै हुनुपर्छ । हामी पत्रका आधारमा सहभागी भएको तर पत्र अनुसार अन्य टिमका खेलाडि सहभागी नभएको उनको भनाई रहेको थियो ।
प्रतियोगितामा भाग लिने हरेक टिमलाई लालपुर्जाको आधारमा जग्गा भएमा अन्य स्थानबाट पनि सहभागि गराउन पाउने व्यवस्था गरिएको आयोजक भरत थापाले बताए । जग्गा भएपनि खेल्न पाइन्छ भनेका थियौं, उनले भने , अन्य स्थानबाट आएपनि उक्त खेलाडीको घडेरी सम्बन्धित नगरपालीकाको भएमा समावेश गराउने भनिएको थियो ।
आयोजकले भनेअनुसार आफूहरुले खेल खेलाएको भलिबल रेफ्री किसन चन्दले बताए । नियम बनाएर आफैले खेलाउने काम हाम्रो हुंदैन , उनले भने , आयोजकले खेलाउन भने खेल हुन्छ , नखेलाउन भने खेल रोकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया