नेपाली नारी समाज पोर्तुगलद्वारा रास्कोट हस्पिटललाई सहयोग

२५ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
70 Shares


लिस्बन- हिन्दु नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोर्तुगलमा संकलित आर्थिक रकम न्युज २४ युरोप प्रतिनिधिलाई नेपाली नारी समाज पोर्तुगलले हस्तान्तरण गरेको छ ।समाजले नेपाली कला र सस्कृती जगेर्नार्थ आयोजित कार्यक्रमले नेपाली सस्कृतिको प्रचार प्रसार र प्रबर्द्दन मात्रै गरेनन् ,बरु संगै नेपालीमन र सहयोगीपन पनि नेपालीहरुको पहिचान हो भन्ने सन्देश दिएको । रास्ट्र्य टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंगका कार्यक्रम संचालक रबि लामिछानेको परोपकारी कार्यका लागी कर्णालीको कालिकोटमा निर्माणाधीन रास्कोट सामुदायिक अस्पतालका लागि सहयोग रकम हस्तान्तरण गरेको हो ।

हरेक बर्ष नेपाली नारी समाज पोर्तुगलले आयोजना गर्दै आईरहेको “तीज महोत्सव” कार्यक्रम बाट संकलित रकम सामाजिक कार्यका लागि खर्च गर्ने गरेको छ सोही अनुरुप यस बर्ष बिकट कर्णालीको सामुदायिक अस्पताल छनौट गरिएको समाजले जनाएको छ । दुर्गम कालिकोटको स्वास्थ सेवा निकै कमजोर भएको र पत्रकार लामिछानेको नेतृत्वमा रास्कोटमा सामुदायीक अस्पातल बनाईरहेकोले हामीले थोरै भएपनि सहयोग गर्न पाउँदा निकै खुशी लागेको नेपाली नारी समाज पोर्तुगलकी अध्यक्ष जयकला राइले जानकारी दिनुभयो ।सहयोग स्वरुप जम्मा हुन आएको एक लाख १३ हजार ६ सय चौतिस रुपैया पोर्तुगल लिस्बनस्थित भ्वाइस अफ नेपाल मिडिया एण्ड म्यानेजमेन्ट एलडिएको कार्यलयमा भोईस अफ नेपाल टि। भी। का सस्थापक गणेश पाण्डेय र न्युज २४ का युरोप प्रतिनिधि पत्रकार यादव देवकोटालाई हस्तान्तरण गरिएको थियो । भोईस अफ नेपाल टिभीले उक्त रकम नेपाल स्थित सिधा कुरा जनता संग कार्यक्रम संचालक संचारकर्मी रबि लामिछानेलाई हस्तान्तरण गर्ने जिम्मेवारी लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया