रोट्रायाक्ट क्लब अफ बुटबल रामापिथेक द्वारा दुबै हात गुमाकी रुपा रौतारलाई सम्मान

प्रकाशित मिति:

बुटबल -रोट्रायाक्ट क्लब अफ बुटबल रामापिथेकसको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटबलको अमरपाली होटलमा भएको कार्यक्रममा वर्ष २०१८र१९ का अध्यक्ष साजन भण्डारीले वर्ष २० १९र२० अध्यक्ष दिपक चापागाइलाई पद हस्तान्तरण गरेका थिए ।उक्त कार्यक्रमा वर्ष २०१८र१९ का अध्यक्ष साजन भण्डारी ,वर्ष २० १९र२० अध्यक्ष दिपक चापागाइ ,प्रमुख अतिथि बुटबल उपमहानगर पालिकाका प्रमुख शिबराज सुबेदी साथै बिशिष्ठ अतिथि रोटरी डिष्ट्रिकका ए जी तथा यस क्लबका प्रमुख सल्लाहाकार राजेन्द्र ढकाल बाट सामाजिक फरक छेमता दुबै हात नभएकी दिप बोर्डिङ मा अध्यनरत विद्यार्थी रुपा रौतार लाई रोट्रायाक्ट क्लब अफ बुटबल रामापिथेकसले आफ्नो installation तथा thanks giving cermonryको अबसर पारेर नगद रकम रु पाँच हजार प्रमाण पत्र सहित उनको उज्यालो भविस्यको कामना गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा वर्ष २०१८र१९ का अध्यक्ष साजन भण्डारीले आफनो कार्यकालमा सहयोग गर्ने क्लवका पदाधिकारी, कार्यक्रमका संयोजकहरु, बिभिन्न संघ संस्थाका अध्यक्षहरुलाई प्रसंशा पत्र तथा मायाको चिनोबाट सम्मान गरेका थिए ।सोही कार्यक्रमा पद हस्तान्तरण कार्यक्रम पनि भएको थियो उक्त कार्यक्रमा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगर पालिकाका प्रमुख शिबराज सुबेदीले सामाजिक क्षेत्रमा रोट्रयाक्टहरुले खेलेको भुमिकालाइ उच्च मुल्याङ्कन गदै यि संस्थाहरुलाइ अझ प्रभावकारि व्याबस्थित बनाएर अगाडी लैजानु पर्ने बताउनु भएको थियो । उहाले युवालाई सहि बाटो मार्गनिर्देशन गदै लागुपदार्थ दुव्र्यासनबाट बचाउन सामाजिक चेतनाका कार्यक्रमलाई रोट्रयाक्ट क्लवहरुले एउटा अभियानको रुपमा अगाडी वढाउनु पर्ने बताए । यो क्लब एउटा रामापिथेकसको नामले परिचित भएको क्लब हुनाले यसलाइ अझ प्रभाबकारी रुपमा अगाडी बढाउदै लैजानु पर्ने बताए ।पद हस्तान्तरण पछि आफनो जिम्वेवारी लिदै क्लबका १९र२० का अध्यक्ष दिपक चापागाईले समयको महत्व बुझेर साामाजिक कार्यमा लाग्ने पनि बताए । यस क्लवलाइ समाजिक क्षेत्रमा निरन्तरण अगाडी बढाउदै स्वाथ्य शिक्षा जस्ता महत्वपूर्ण कामहरुमा आफनो अभियानलाई अजै निरन्तर दिने बताए ।

कार्यक्रममा बिशिष्ठ रोटरी डिष्ट्रिकका ए जी इन्द्र रिसालले क्लबलाई जिम्बेबारीका साथ सन्चालन गदै आगामी दिनमा उतकृष्ठ कामहरु गनु पर्ने बताए अरु क्लबहरुले भन्दा परक पहिचानका कामहरु गदै जानू र अझ प्रभाबकारी रुपले अगाडि बडाउदै जानू भनेर शुभकामना दिनु भएको थियो ।बिशिष्ठ अतिथिको रुपमा वोल्दै रोटरी डिष्ट्रिकका ए जी तथा यस क्लबका प्रमुख सल्लाहाकार राजेन्द्र ढकालले क्लबले स्थापना काल देखी नै सामाजीक क्षेत्रमा महत्वपूर्ण कामहरु गदै आएको मा धन्यावाद व्यक्त गर्नु भयो भने क्लबलाई अझ प्रभाकारी र व्याबस्थीत तरीकाले अगाडि बढाउन पनि सल्लाह दिनु भयो साथै नया र फरक खालका कार्यक्रमहरु सन्चालन गरि समाजिक काममा निरन्तर लाग्न आग्रह गर्नु भयो ।कार्यक्रममा रोटरी क्लब अफ बुटबल डाउनटाउनका अध्यक्ष तुल्सी घिमिरे रोट्रयाक्ट डिष्ट्रीकका ए डि आर आर उमानाथ अधिकारी जोन १२ का जेट आर आर मिलन भण्डारी लगाएतले कार्यक्रममा मन्तव्य राखेका थिए ।कार्यक्रमका संयोजक निरज आचार्यको स्वात मन्तव्य उपाध्यक्ष बिजय काकीको धन्यवाद मनतव्य तथा १८र१९ का अध्यक्ष साजन भण्डारी र १९र२० का दिपक चापागाइको अध्यक्षमा र सचिव बिष्णु घिमिरे र योगेन्द्र रायमाझीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।