प्रधानमन्त्रीको घाँटीमा राखिएको ट्युव निकालियो, अवस्था सामान्य

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको राखिएको ट्युव निकालिएको छ । सिंगापुरमा मिर्गौलाको उपचार प्लाज्मा थेरेसिस गर्दा राखिएको ट्युब बुधबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको हो ।

प्रधानमन्त्री ओलीको घाँटीमा राखिएको ट्युव अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अरुण सायमको टीमले निकालेको हो । त्यस्तै प्रधानमन्त्रीको मुटुको चाल पनि जाँच गरिएको थियो । ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले ठिक छ’ डा. सायमीले भने,‘उहाँको मुटुको चाल लगायतको अवस्था पनि ठिक छ ।’ प्लाज्मा थेरासिसर गरेको व्यक्तिलाई इन्फेक्सन र हर्टअट्याकको खतरा रहने हुनाले बेलाबेलामा उपचार गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।