साइकल चढेर ७७ वटै जिल्ला पुग्ने सपना बोकेका ओम प्रकाश बानिया कपिलबस्तुमा

प्रकाशित मिति:

अराज सिहं बेल्बासे  साइकल यात्रा गर्दै नेपालको ७७ वटै जिल्ला पुग्ने सपना बोकेर हिडेका युवा ओम प्रकास बानिया आज कपिलबस्तु आएका छन सुनसरीको का बराह क्षेत्र नगरपालिकाका वडा नं ५ का बानिया साइकल यात्रा गर्दै कपिलबस्तु आएका हुन । ३ वर्ष सम्म कतार बैदेशिक रोजगारको क्रममा पुगेका बानिया नेपाल फर्केर पर्यटन र धार्मिक स्थलको खोजीमा साइकल यात्रा गर्न थालेको बताएका छन । देशलाई पर्यटन, कृषि र दक्ष युवाले मात्र विकास गर्न पर्ने भन्दै उनि साइकल यात्रा गरेरै नेपाल भरि यात्रा गर्ने भन्दै २०७५ साल बैशाख १९ गते गृह जिल्ला अथवा सुनसरीबाट आफ्नो साइकल यात्रा सुरु गरेका थिए ।

६१ वटा जिल्लाहरुमा साइकल यात्रा गर्दै ६२औँ जिल्लाको यात्रा गर्ने क्रममा बानिया आज कपिलबस्तु आएका हुन । शान्ति, समृद्धि र स्थायित्वको नाराका साथ नेपालको झण्डा साइकलमा बोक्दै नेपाल भरी घुमी धार्मिक तथा पर्यटकीय स्थलहरुको स्थलगत अवलोकन गर्ने उद्देश्यले उहाँले उनि नेपाल यात्रामा निस्केको बताएका छन ६ महिना भित्र नेपालको ७७ वटै जिल्लाहरुमा साइकल यात्रा गरि २०७५ साल असोज १७ गते काठमाण्डौँमा पुगेर समापन गरिने योजना रहेको छ तर वर्षायाम को कारण केही समय ढिलो हुन सक्ने साइकल यात्री ओम प्रकाश बानियाले बताए ।