इन्द्रजात्रामा पाँच विदेशी मेयरहरु पनि सहभागी हुने

२५ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
3K Shares

File

काठमाडौं– काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न सहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन् । काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुनालाई पनि सहभागी गराउन लागिएको जानकारी गराएको हो । इन्द्रजात्रालाई पनि नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन यस वर्ष पहिलोपटक विश्वका विभिन्न मुलुकका ५ मेयरसहित ४८ जना पाहुनालाई पनि सहभागी गराउने योजना तय गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए ।

नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पु¥याउन पनि उनीहरुलाई इन्द्रजात्रामा पनि सहभागी हुन निमन्त्रणा गरिएको पनि उनले बताए । बिहीबारबाट उनीहरु नेपालमा आउन सुरु गर्नेछन् । आगामी २७ गते शुक्रबार ती विदेशी पाहुनाहरु इन्द्रजात्राको विशेष कार्यक्रममा सहभागी हुनेछन् ।

मंगलबार (हिजो)बाट विधिवत रुपमा सुरु भएको इन्द्रजात्राको विशेष दिन शुक्रबार राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति विद्याभण्डारीले वसन्तपुर कुमारीको रथयात्रामा सहभागी भई टीकाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ । सोही दिन विदेशी पाहुनाहरुलाई पनि कुमारीको रथमा सहभागी गराई काठमाडौं उपत्यकाको सम्पदाहरुको पनि अवलोकन गराउने काठमाडौं महानगरपालिकाको योजना छ । त्यसका लागि इन्द्रजात्रा व्यवस्थापन समिति र स्थानीय क्लबहरुसँग पनि सहकार्य गरिएको छ । काठमाडौं महानगरपालिकाकाले इन्द्रजात्रा व्यवस्थापन समितिका लागि १० लाख खर्चको व्यवस्था गरिसकेको छ । मेयर शाक्यले इन्द्रजात्रामा सहभागी हुन आउने ४८ जना विदेशी पाहुनाहरुको खर्चको व्यवस्था पनि महानगरपालिका आफैंले गर्न लागेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेपाल जमिनमा गिद्धे नजर लगाउने भारतलाई यस्तो ठूलो झड्का
  • भारतबाट नेपाल ल्याइँदै गरेका १२ भैंसी र ५ पाडा प्रहरी…
  • शून्य दरबन्दीमा १२ विद्यालय
  • कालापानी र लिपुलेक पक्षमा झापामा विप्लव निकट अखिल क्रान्तिकारीले गर्यो…
  • युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित
  • यातायात मन्त्रीलाई हटाउन प्रधानमन्त्रीसंग सांसद डिलाको आग्रह
  • गुल्मीमा आमाछोरीको हत्या गरी फालेको आरोपमा २ जना पक्राउ
  • महानगरको स्मार्ट पार्किङ र विज्ञापन बोर्डमा अख्तियारको छानबिन
  • चीनले पनि अतिक्रमण गरेको भूमी फिर्ता माग्दै काठमाडौमा प्रदर्शन
  • कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको फैसला उल्टाउन ट्रम्पको माग