विद्यार्थी आन्दोलनका नाममा धम्की दिइयो : चितवन मेडिकल कलेज

प्रकाशित मिति:

चितवन – चितवन मेडिकल कलेज प्रशासन विद्यार्थी आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेको भन्दै आपत्ति जनाएको छ । कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बुधबार विज्ञप्ती जारी आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा हुल हुज्जत गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता गैरकानुनी कामहरु रोकिनुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तीमा सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति निर्देशन र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता जनाइएको छ । कलेजसँग सम्बन्धित मागमा वार्ता र सम्वादबाट समस्याको समाधान निकाल्न तयार भएको विज्ञप्तीमा उल्लेख छ । विद्यार्थीहरुले उठाएका मागहरु कलेज प्रशासनभन्दा बढी सरकार र सरकारी निकायसँग सम्बन्धित भएको प्रमुख प्रशासक देवकोटाले बताए ।

यस्तो छ सीएमसीको विज्ञप्ति