विदेशी विद्यार्थीलाई अव बेलायतमा नयाँ नियम लागु हुने

प्रकाशित मिति:

लण्डन – बेलायतले विदेशी विद्यार्थीलाई आफ्नो शिक्षा पूरा गरेर थप दुई वर्षसम्म बेलायतमै रहन सक्ने नयाँ प्रस्ताव अघि सारेकोे छ । बेलायतको गृह मन्त्रालयले यो नयाँ प्रस्ताव ल्याएको हो । पछिल्लो प्रस्तावले सन् २०१२मा तत्कालीन गृहमन्त्री टेरेसा मेले विदेशी विद्यार्थीलाई पढाइ सकेको ४ महिना भित्रमा स्वदेश फर्किनुपर्ने नियमलाई उल्ट्याउने छ ।

अहिलेको नयाँ नियमले पहिलाको नियमलाई विस्थापित गर्ने अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री बोरिस जोहन्सनले नयाँ नियमले बेलायतमा रहने विदेशी विद्यार्थीलाई बेलायतमा नयाँ करियरको मौका दिने जनाएका छन् । गएको वर्षको रेकर्डमा बेलायतमा ४ लाख ५० हजार विदेशी विद्यार्थी रहेका थिए ।  बेलायतका प्रधानमन्त्री जोहन्सनले ‘ब्राइटेस्ट एण्ड बेस्ट’ लाई बेलायतमा मौका दिने उद्देश्यले नयाँ नीति ल्याइएको जनाएका छन् । (बीबीसी)