नेप्से – तीन दिनमा २४ अंकले घट्यो

प्रकाशित मिति:

काठमाडौँ – पछिल्ला तीन दिनमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे २४ अंकले घटेको छ । आइतबार नेप्से १२.६१, सोमबार ९.५४ र मंगलबार २.२४ अंकले घटेको हो । मंगलबारको गिरावटसँगै नेप्से परिसूचक १ हजार १ सय ६६.६७ विन्दुमा बन्द भएको छ ।अघिल्लो दिनको तुलनामा यो करिब ०.१९ प्रतिशतले कम हो ।

सो दिन १ हजार १ सय ६८.९२ विन्दुबाट कारोबार सुरु भएको थियो । बजार खुलेदेखि नै नेप्से बढ्न सकेन । करिब १ बजेतिर नेप्से १ हजार १ सय ६१ नजिक ओर्लेको थियो । त्यसपछि भने बजार बढ्यो । यो वृद्धिले नेप्सेलाई करिब १ हजार १ सय ७२ विन्दुमा पुर्‍यायो । कारोबारको अन्तिम समयमा नेप्से फेरि ओरालो लाग्यो र अन्त्यमा १ हजार १ सय ६६ विन्दुमा झरेर बन्द भयो ।