लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पसे महेश बस्नेत

२५ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
59 Shares


भक्तपुर – डेंगुले उपत्यकाभित्रै महामारीको रुप लिइरहेका बेला भक्तपुरमा भने पूर्वमन्त्री तथा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेत आफैं लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पसेका छन् । सांसद निर्वाचित भएदेखिनै हनुमन्ते खोला सफाइ अभियान चलाउँदै आएका नेकपाका युवा नेता तथा सांसद बस्नेत सोमवारदेखि बन्दुक आकारको मेसिन लिएर विषादी छर्किदै हिँडेका हुन् । उनी बुधवार डेंगुविरुद्धको अभियानमा लामखुट्टे सखाप पार्ने मेसिन लिएर मनहराको सुकुम्बासी बस्ती पुगेका छन् । कोरियन कम्पनीबाट निर्मित दुईवटा मेसिन यो अभियानमा प्रयोग गरिएको बस्नेतले बताए । उनका अनुसार एउटा मेसिनको एक लाख २५ हजार रुपैया पर्छ । मेसिनमा पानी र लामखुट्टे मार्ने औषधिको मात्रा मिसाएर प्रयोग गरिएपछि धुँवा निस्कन्छ र सो धुँवाको कारण लामखुट्टे मात्र नभएर भुसुना र अन्य घातक किराहरु पनि मर्छन् ।

सांसद बस्नेत आफ्नो क्षेत्रमा डेंगु फैलिन नदिन विहानैदेखि फगर मेसिन बोकेर हिड्ने गरेका छन् । जसमा डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिन्छ । बस्नेतले भने-तीन दिनदेखि हामीले मेसिन लिएर लामखुट्टे बढि हुने बस्ती, पानी जमेका ठाउँ,मोटर ग्यारेज, टायरहरु भएको ठाउँमा पुगिरहेका छौं । स्थानीय साथीहरुले आग्रह गरेकाले धेरैजसो ठाउँमा म आफैं गइरहेको छु । यो निकै प्रभावकारी भएको छ । सरकारलाई गाली गर्ने भन्दा आ-आफ्नो ठाउँबाट यति गर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पश्चिम नवलपरासीमा ११ जनाको आरडिटि रिपोर्ट पोजेटिभ
  • चुनौतीलाइ चाङ पन्छाउदै अघि बढ्दै सियारीका प्रेम पन्थि : कृषी…
  • रुकुम हत्याकाण्डका दोषीलाई कारवाही नहुदा सम्म खवदारी जारी रहन्छ :…
  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…