कर वृद्धीको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टी द्धरा उपमहानगरमा ज्ञापन पत्र

प्रकाशित मिति:

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समितिले बुटवल उपमहानगरपालिकाका मेयर शिबराज सुवेदीलाई वृद्धि गरिएको कर समायोजनका विषयमा ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समितिका अध्यक्ष थर्क बहादुर बारघरेको नेतृत्वमा मंगलबार बुटवलका मेयर सुवेदी समक्ष स्थानिय तहमा वृद्धि गरिएका उच्च करका कारण जनतामा त्रास र भयको वातावरण सिर्जना भएको भन्दै बुटवल नगरभित्र लिइने कर समयसापेक्ष र वैज्ञानिक बनाउन माग गरिएको छ । आम सर्वसाधारणलाई मर्का पर्ने गरि कर उठाएर समृद्धि ल्याउन सकिन्छ भन्नु भ्रम मात्र भएकोले नगरले उठाउने विभिन्न शिर्षकका करमा पुर्नविचार गर्न माग गरिएको हो । ज्ञापन पत्र बुझ्दै मेयर सुवेदीले बाहिर आएजस्तो नगरले कर नउठाएको दावी गर्दै सुझावलाई नगरपालिकाले कार्यान्वयन गर्ने आश्वाशन दिनुभयो । राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्रीय अध्यक्ष दुद्ध बहादुर गुरुङ, महिला नेतृ धनी आले, नन कुमार सारु लगायतका नेताहरु ज्ञापन पत्र बुझाउन पुग्नुभएको थियो