बुटवल– नारायणगढ सडकखण्ड अन्र्तगत पर्ने खानेपानीका अध्यक्ष तथा अन्य पदाधिकारी र सडक आयोजनाको प्रतिनिधिबीच अन्र्तकृया कार्यक्रम सम्पन्न

२५ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
22 Shares


पुर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवल नारायणगढ सडक आयोजनाले बुटवल– नारायणगढ सडकखण्ड अन्र्तगत पर्ने खानेपानीका अध्यक्ष तथा अन्य पदाधिकारी र सडक आयोजनाको प्रतिनिधिबीच बुधबार बर्दघाट २ दिब्यनगरमा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । सम्पन्न कार्यक्रममा सडक आयोजनाले पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट देखी बुटवल सम्म पर्ने सडक केन्द्रित खानेपानीलाई बुटवल– नारायणगढ सडकखण्डको स्तरोन्नती बारे जानकारी गराउदै सो सडक खण्डको स्तरोन्नती गर्दा त्यसको आसपास तथा सो सडक खण्डकै तल विस्तार गरिएका खानेपानीको पाइपलाइन फुट्ने तथा पाइपलाइनमा विभिन्न समस्याहरु आउने हुदा सो पाइपहरु सार्न अनुरोध गरेको छ ।

बुटवल नारायणगढ सडकखण्डको समझौता हुनु अगावै बर्दघाट देखी बुटवल सम्म राजमार्गको दायाबाया बनेका खानेपानीको पाइप लाइन, सार्वजनिक धारा रोड क्रसिंग ताथ उक्त लाइनमा जोडिएका खानेपानी उपभोक्ताका धारा जडानमा लाग्ने लागत तथा समाग्रीहरुको विवरण तयार गरि आ आफ्नो खोनेपानीको समस्या सहित प्रतिबेदन बुझाउन समबन्धित खानेपानी उपभोक्ता समितिलाई आग्रह गरेको छ । सो अवसरमा सडक विभागका ईन्जिनियरहरु, खानेपानी महासंघ नवलपरासी र रुपन्देहीका पदाधिकारीहरु, खानेपानी सरसफाई समितिका अध्यक्ष, सडक विभाग योजना नेपाल सरकारका प्रतिनिधि लगाएतको उपस्थिती रहेको कार्यक्रममा सहभागी खोपानीका पदाधिकारीहरुले आ आफ्नो खानेपानीको समस्याबारे चर्चा गर्नुभएको थियो ।

बुटवल नारायणगढ सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । अहिले दुई लेनको रहेको नारायणगढ बुटवल सडकखण्डलाई विभागले ४ लेनको बनाउन लागेको हो । दुई लेनको यो सडकलाई चार लेनको बनाउदै दुई र दुई लेनको बीचको भाग ‘ग्रीनरी’लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७र७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुने विभाग बताउँछ । यो सडकखण्डको छेउमा रहेका वस्तीहरुका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । २८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया