पीडित ९० महिलालाई सिलाइकटाइ र सौन्दर्यको तालीम दिँदै

२५ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
55 Shares


विराटनगर- हिंसामा परेका महिला तथा बालिकालाई स्थानीय सामाजिक संस्था एबिसी नेपालले हेरचाह गर्दै आएको छ । उक्त संस्थामा घरेलु हिंसामा परेकालाई मात्र सहयोग एवं संरक्षण गर्ने गरिएको संस्थाका अध्यक्ष विष्णु शर्मा पन्तले बताउनुभयो । उहाँले घरेलु हिंसामा परेका महिला, मानव बेचविखन, बलात्कार÷करणी, वैदेशिक रोजगार, बहुविवाह, यौन शोषण, यौन दुव्र्यहार, प्रेम विवाह, कुटपिट र हराएका बालिका तथा महिलाका समस्यामा सहयोग गर्दै आएको जानकारी दिनुभयो ।उक्त संस्थामा अहिले छ बालिका बस्दै आएका र उनीहरुलाई अहिले संस्थाले नै शिक्षा दिने काम गरेको छ । दैनिक तीनदेखि चार जनासम्म घरेलु हिंसामा परेका महिला सहयोग माग्न आउने गरेको छन् । काममा धेरै समस्या र चुनैतीको पनि सामना गर्नुपर्ने अनुभव अध्यक्ष पन्तको छ । सरकारी सहयोगबिना नै यो संस्थाले विभिन्न सङ्घसंस्थाबाट सहयोग जुटाएर पीडितलाई संरक्षण र सहयोग गर्नाका साथै संरक्षणमा रहेका पीडित ९० महिलालाई सिलाइकटाइ र सौन्दर्यको तालीम दिँदै आएको छ । यसबाट उनीहरूले जीवन निर्वाह गर्न सक्ने बताइएको छ । तालीमबाट धेरै महिला आत्मर्निभर भई स्वरोजगारसमेत भइरहेका छन् ।

राज्यले पनि महिला सशक्तीकरण र निःशुल्क उच्च शिक्षा तथा रोजगारीजस्ता विषयमा ध्यान दिनुपर्ने, हरेक क्षेत्रमा महिलालाई अवसर दिनुपर्ने अध्यक्ष पन्तको प्रतिक्रिया थियो । अज्ञानता, अशिक्षा र रोजगारीको अभावमा हुने यस्ता घटनालाई निर्मूल पार्न राज्यले ठोस नीति बनाउनुपर्नेमा जोड दिँदै उहाँले अझै महिला शिक्षा, स्वास्थ्य, रोजगार र अवसरबाट वञ्चित भएकाले नै यस्तो समस्या भोग्नु परेको बताउनुभयो ।गत आार्थिक वर्षमा उक्त संस्थाले सीमानाकाबाट ५९ महिलालाई उद्धार गरेको र हराएको निवेदनमा पाँच जनाको उद्धार गरेको थियो । सीमानाकाबाट उद्धार गरिएका महिला तथा बालिका १८ वर्षभन्दा माथिका ४४ र १८ भन्दा तलका १५ थिए ।संस्थाको संरक्षणमा रहेकी विराटनगरकै ममता शाहले आफूले निःशुल्कमा सिलाई सिक्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । आफूले पहिले नै सिलाइ सिक्ने योजना बनाएको तर पैसाको अभावले गर्दा सिक्न नपाएको भन्दै उहाँले अहिले सिक्ने अवसर पाएकोमा संस्थालाई धन्यवाद दिनुभयो । यस्तै अर्की महिला सुनिता चौधरीले आफूले सिलाइ सिकेपश्चात् अरुलाई पनि सिकाउने र एउटा सिलाइकटाइको टेलर खोल्ने जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेपाल जमिनमा गिद्धे नजर लगाउने भारतलाई यस्तो ठूलो झड्का
  • भारतबाट नेपाल ल्याइँदै गरेका १२ भैंसी र ५ पाडा प्रहरी…
  • शून्य दरबन्दीमा १२ विद्यालय
  • कालापानी र लिपुलेक पक्षमा झापामा विप्लव निकट अखिल क्रान्तिकारीले गर्यो…
  • युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित
  • यातायात मन्त्रीलाई हटाउन प्रधानमन्त्रीसंग सांसद डिलाको आग्रह
  • गुल्मीमा आमाछोरीको हत्या गरी फालेको आरोपमा २ जना पक्राउ
  • महानगरको स्मार्ट पार्किङ र विज्ञापन बोर्डमा अख्तियारको छानबिन
  • चीनले पनि अतिक्रमण गरेको भूमी फिर्ता माग्दै काठमाडौमा प्रदर्शन
  • कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको फैसला उल्टाउन ट्रम्पको माग