संस्कृत भाषा पढ्ने विद्यार्थीको संख्या बढ्यो

२५ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
38 Shares


काठमाडौं – संस्कृत विषय अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको छ । संस्कृतको पढाइबाट फाइदा नहुने भन्दै केही वर्षअघिसम्म पनि विद्यार्थीहरुमा आकर्षण पाइदैनथ्यो । त्यसैले पनि बाल्मीकी विद्यापीठमा दुईरतीन वर्षअघिसम्म एउटा कक्षामा मुस्किलले ५० जना मात्र विद्यार्थी हुन्थे । तर, अहिले विद्यार्थीको चाप दोब्बररतेब्बरले बढेको छ ।उच्च शिक्षामा संस्कृत शिक्षा अन्र्तगतका ज्योतिष, वेद, कर्मकाण्ड, संस्कृतभाषा अध्ययन गर्नेको संख्या बढेको छ । वाल्मीकी विद्यापीठमा दुई÷तीन वर्षअघिसम्म पनि २५ देखि ५० विद्यार्थी मात्र हुँदै आएकोमा हाल कक्षा कोठा भरिने गरेको छ । अर्थात एउटा कक्षामा कम्तिमा ५३ देखि ३०० सम्म विद्यार्थी अध्ययनरत् छन् ।

प्राविधिक विषयको अध्ययनमा विशेष चासो राख्ने युवापुस्ता समेत संस्कृत विषयतर्फ आकर्षित छन् । नेपाली भाषाको जननी मानिने संस्कृत भाषा जोगाउन र जिविकोपार्जनका लागि समेत सहज बन्ने भएकाले पनि कर्मकाण्ड रोजेको विद्यार्थीहरु बताउँछन् ।नेपाली भाषालाई शुद्ध बनाउन पनि कतिपय विद्यार्थी संस्कृतप्रति आकर्षण बढेको केही विद्यार्थीको बुझाइ छ । संस्कृत विषयसँगै अहिले दैनिक जीवनसँग सम्बन्धित योग तथा प्राकृतिक चिकित्सा जस्ता विषयको अध्ययनमा समेत युवा पुस्ताका चासो बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डब्लु आइसीसीद्धारा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने
  • “प्रचण्डले तपाई मन्त्रीबाट हट्नुपर्छ भनेपछि म मन्त्रिपरिषद बैठक जान छाडे”:आपुर्ति…
  • डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसीपमा ७ पदक
  • फेसबुकलाई चुनौती दिन आयो ‘डब्लूटीस् सोसल’
  • बझाङमा गयो ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प
  • जनताका पिरमार्काप्रति सरकार पुरै उदासीन छ, उपनिर्वाचन कांग्रेसले जित्छः डा.…
  • पौषमा छैठौं स्याङ्जा महोत्सव हुने
  • स्वीडेनको पुनर्चक्रण विधि यति गज्जबको, देशमा सकियो फोहोर
  • के हो रातो सागसब्जी?जाडोयाममा मुटु जोगाउन रातो फलफूल र सागसब्जी
  • भारतबाट विवाह गर्न सौराहा आउँछन् भारतीय